चीन र भारत दुवै सेना बीच २१ औँ चरणको सैनिक अफिसरस्तरीय वार्ता
2024-02-21 19:03:50cri
Share with:

चीन र भारत दुवै सेना बीच फेब्रअरी १९ तारिख मोल्डो/चुशुल भेटस्थल सम्बन्धी चिनियाँ पट्टि २१ औँ चरणको सैनिक अफिसर स्तरीय वार्ताको आयोजना गरिएको छ।

 

वार्ता क्रममा दुवै पक्षले साझा चासोका सीमावर्ती समस्याबारे सकारात्मक, गहन र रचनात्मक रूपमा आदानप्रदान गरेका छन्। दुवै पक्षले दुई देशका नेता बीचको महत्वपूर्ण मतैक्य बमोजिम निरन्तर रूपमा सैनिक र कूटनीतिक तरिकामार्फत पारस्परिक सम्पर्क र आदानप्रदानलाई कायम राख्नुका साथै छिटोभन्दा छिटो दुवै पक्षले स्वीकार गर्नसक्ने समाधान उपाय सम्पन्न गर्न सहमति जनाएका छन्। यसका अतिरिक्त चीन र भारत बीच सीमा क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्न दुवै पक्षले सहमति जनाएका छन्।