नयाँ प्रविधिले राष्ट्र संघको शान्ति क्रियाकलापमा देखाएको चुनौतिको उचित सामना गर्नुपर्ने चिनियाँ प्रतिनिधिको भनाइ
2024-02-21 16:49:03cri
Share with:

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ च्युनले नयाँ प्रविधिले राष्ट्र संघको शान्ति क्रियाकलापमा देखाएको चुनौतिको अन्तर्राष्ट्रिय समाजले उचित रुपमा सामना गर्नुपर्ने बताउनु भएको छ।

 

चाङ च्युनले फेब्रअरी २० तारिख संयुक्त राष्ट्र संघको महाधिवेशनको सामान्य बहसलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। हिजोआज शान्तिकार्यका कर्मचारीहरुमाथि सधैँ आक्रमण गरिएको हुनाले अन्तर्राष्ट्रिय समाजले उनीहरुको सुरक्षाको संरक्षण गर्न जरुरी रहेको उहाँले ‌औँल्याउनुभयो। शान्ति क्रियाकलाप संयुक्त राष्ट्र संघले विश्व शान्ति तथा सुरक्षाको संरक्षण गर्ने महत्त्वपूर्ण तरिका भएको भन्दै राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य मुलुकहरुमध्ये सबैभन्दा बढी शान्ति कर्मचारीहरु खटाएको मुलुकका हैसियतले चीनले सधैँ राष्ट्र संघको शान्ति क्रियाकलापको सक्रियताका साथ समर्थन गर्दै आएको तथा भाग लिँदै आएको पनि उहाँले व्यक्त गर्नुभयो।