फ्रान्सेली राष्ट्रपति र चिनियाँ परराष्ट्र मन्त्री बीच भेटवार्ता
2024-02-21 10:46:27cri
Share with:

फेब्रअरी २० तारिख फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले पेरिसको भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैनिक व्युरोका सदस्य एवम परराष्ट्र मन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा परराष्ट्र मन्त्री वाङ यीले राष्ट्राध्यक्ष सी चिनफिङको सदिच्छापूर्ण  शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार दुई राष्ट्रहरुका नेताहरुले बलियो पारस्परिक विश्वास र सदिच्छापूर्ण मित्रताको स्थापना गरेका छन् जसबाट दुईपक्षीय रणनीतिक सहयोगात्मक विकास दिशाको नेतृत्व गरिएको छ। यस वर्ष चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको साठीऔँ वार्षिकोत्सव हो। चीनले फ्रान्ससँग आपसी सहयोगलाई गहन पार्ने आशा लिएको छ।

राष्ट्रपति म्याक्रोँका अनुसार फ्रान्सले एक चीन नीतिलाई सधैँ कायम राख्दै जाने छ र यो अडान स्पष्ट छ। वैश्विक चुनौतीको सामना गर्दै फ्रान्सले रणनीतिक स्वतन्त्रताको साथमा चीनसँग सहयोगलाई मजबुत बनाउनुका साथै शान्ति र स्थिरताको संयुक्त संरक्षण गर्ने आशा लिएको छ।