सीपीसीको प्रतिनिधि मण्डलद्वारा कजाकिस्तानको भ्रमण
2024-02-21 16:52:44cri
Share with:

कजाकिस्तानको आमानाथ पार्टीको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कुलका उपगभर्नर से छुन थाउको नेतृत्वमा सीपीसी प्रतिनिधि मण्डलले फेब्रअरी १७ देखि २० तारिखसम्म कजाकिस्तानको भ्रमण गरेको छ।

 

भ्रमण अवधिमा प्रतिनिधि मण्डलले कजाकिस्तान संसदको प्रतिनिधि सभाका उपसभामुख राउ, आमानाथ पार्टी र जन पार्टीका नेतासँग भेटघाट गर्नुबाहेक कजाकिस्तानी राष्ट्रिय प्रशासनीय प्रतिष्ठान एवम् आस्ताना सरकारी कर्मचारी केन्द्रका जिम्मेवार व्यक्तिसँग वार्ता गरेको छ। प्रतिनिधि मण्डलले सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको गहन रूपमा प्रचार प्रसार गर्नुका साथै चीन-कजाकिस्तान पार्टी बीचको आवत जावत र विभिन्न क्षेत्रमा रहेका आपसी सहकार्यबारे वैचारिक आदानप्रदान गरेको छ।