जी-२० विदेश मन्त्री स्तरीय बैठक सुरु
2024-02-22 09:51:01cri
Share with:

फेब्रअरी २१ तारिख जी-२० विदेश मन्त्री स्तरीय बैठक ब्राजिलको रियो दि जेनेरियोमा सुरू भएको छ। यस दुई दिने बैठकमा वर्तमान चर्चित द्वन्द्न्वबाट निम्त्याइएको अन्तर्राष्ट्रिय सङ्कट र विश्वव्यापी व्यवस्थापन सुधार नै विभिन्न सहभागी पक्षको मुख्य विषय रहेको छ।

चिनियाँ उप परराष्ट्र मन्त्री मा चाउ स्यु, रुसी विदेश मन्त्री लाभरोभ र अन्य बीस समूहका सदस्य मुलुकका कुटनीतिक मामिलाका पदाधिकारीहरुले उक्त बैठकमा भाग लिएका छन्। बैठकले यस वर्षको सेप्टेम्बरमा संयुक्त राष्ट्र संघीय महाधिवेशनको अवधिमा न्युयोर्कमा आयोजित यस वर्षको दोस्रो बीस समूह विदेश मन्त्री स्तरीय बैठकको निर्णय पारित गरेको छ। यसका साथै यस बैठकले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनको सामना र वातावरणको संरक्षण आदि विषयहरुबारे छलफल गर्ने छ।