युरोप-एशिया आर्थिक शिखर सम्मेलनमा विभिन्न देशले सँगै मिलेर विश्वव्यापी समस्याको समाधान गर्न आह्वान
2024-02-22 17:36:33cri
Share with:

२७ औँ युरोप-एशिया आर्थिक शिखर सम्मेलन फेब्रुअरी २१ तारिख टर्कीको इस्तान्बुलमा शुरू भएको छ। सम्मेलनमा सहभागी विभिन्न पक्षहरूले हातमा हात मिलाउँदै क्षेत्रीय द्वन्द्व, जलवायु परिवर्तन र उर्जा अभाव लगायतका समस्याहरूको समाधान गर्ने उपाय खोज्न आह्वान गरेका छन्। सो सम्मेलनमा विशेषत: “संयुक्त बेल्ट एण्ड रोडको निर्माण प्रस्तावको ११ औँ वार्षिकोत्सव” नामक मुख्य विषयक मञ्चको स्थापना गरिनेछ।

 

टर्कीका राष्ट्रपति रेसिप टायिप एर्डोगानले सम्मेलनलाई बधाई सन्देश पठाउँदै द्वन्द्व र युद्धबाट विश्व अर्थतन्त्र अधोगतिमा जाने भन्दै विभिन्न मुलुकले सँगै मिलेर त्यसको सामना र समाधान गर्नुपर्ने कुरा औँल्याउनुभएको छ।

 

यो आर्थिक सम्मेलन २ दिनसम्म चल्नेछ। झण्डै ४० वटा मुलुकको आर्थिक, राजनीतिक र वैज्ञानिक क्षेत्रका ३०० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको छ।