चीनद्वारा पाण्डा संरक्षण सम्बन्धी नयाँ चरणको सहयोग
2024-02-22 17:35:58cri
Share with:

चिनियाँ वन्यजन्तु संरक्षण संघले हाल स्पेनको म्याड्रिड चिडियाखाना तथा अमेरिकाको सान डिएगो चिडियाखानासँग पाण्डाको अन्तर्राष्ट्रिय संरक्षण सम्बन्धी नयाँ चरणको सहकार्यबारे सहमति प्राप्त गर्नुका साथै सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेको छ। हाल चिनियाँ वन्यजन्तु संरक्षण संघले अमेरिकी वाशिन्टन राष्ट्रिय चिडियाखाना तथा अस्ट्रियाको शोनब्रुन प्यालेससँग नयाँ चरणको सहकार्यबारे छलफल गरिरहेको छ।

 

प्राप्त जानकारी अनुसार, अनुसन्धानकर्ताहरुको साझा कोशिसमा चीनले स्पेन, अमेरिका तथा अस्ट्रियासँग २८ वटा पाण्डाको बच्चा प्रजनन् गरी पाण्डाको संरक्षण तथा प्रजननका लागि सकारात्मक योगदान पुर्‍याएको छ।