शाङहाई सहयोग संगठन चीनको कूटनीतिको प्राथमिकता रहँदै आएको परराष्ट्र मन्त्रालयको भनाइ
2024-02-23 17:08:47cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले फेब्रअरी २३ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले शाङहाई सहयोग संगठनको सचिवालय स्थापित भएको २० औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित सत्कार समारोहलाई सम्बोधन गर्नुभएको विषयबारे प्रवक्ता माउ निङले जानकारी दिनुभयो। उहाँले बताए अनुसार, शाङहाई सहयोग संगठनको स्थापनादेखि यसले स्वस्थ तथा स्थिर विकासको प्रवृति कायम राख्दै आएको छ। अहिले शाङहाई सहयोग संगठनका सदस्यहरुको संख्या २६ पुगेको छ। विभिन्न पक्षहरुले असल छिमेकी मित्रता तथा आपसी राजनीतिक विश्वासलाई निरन्तर रुपमा सृदृढ पार्दै नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा नयाँ ढाँचाको क्षेत्रीय सहयोगका लागि नमूना स्थापना गरेका छन्।

प्रवक्ता माउले शाङहाई सहयोग संगठनका अरु साझेदारहरुसँगै मिलेर मानव जातिको साझा भाग्य समूदायको निर्माण सम्बन्धी विचारको निर्देशनमा एकजुट तथा आपसी विश्वासलाई सबल पार्न र विश्वका स्थायी शान्ति तथा साझा समृद्धिका लागि योगदान पुर्‍याउन चीन इच्छुक रहेको कुरामा जोड दिनुभयो।