चीनमा अध्ययनरत जाम्बियाका विद्यार्थी स्टारलिनोले चीनमा अझै विशाल आकाश देखेको
2024-02-23 09:50:40cri
Share with:

जाम्बियाबाट आएका युवा स्टारलिनोले चीनलाई धेरै माया गर्छन्। सोही कारण उनी अध्ययन र केही उद्यम गर्नका लागि सीआन शहरमा बसेका थिए।

 

 “साठी वर्ष बित्यो। हामी साँच्चै नै असल मित्र हौँ।”

 

“असल मित्र” जाम्बियाका युवा स्टारलिनोले चीन आएपछि सबैभन्दा गहिरोरूपमा अनुभव गरेको शब्द हो। सन् २०२४ मा चीन र जाम्बिया बीच दौत्य सम्बन्ध स्थापना भएको साठी‌औँ वार्षिकोत्सव हो। सन् १९६४ अक्टोबर २९ तारिख जाम्बिया दक्षिण अफ्रिका महादेशमा चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक बनेको थियो। उनी भन्छन् “मेरा चिनियाँ साथीले मलाई सुनाएका थिए कि चीनको प्राथमिक विद्यालयको पुस्तकमा “काठ नक्कासी गरी विक्री गर्ने युवा” भन्ने लेखमा चीन र जाम्बियाको मित्रताबारे उल्लेख गरिएको छ।”

 

धेरै अफ्रिकीहरूजस्तै स्टारलिनोले पनि “चीनको कुङफु” बाट चीनलाई मन पराउन थालेका हुन्। उनी भन्छन् “सानै उमेरमा मैले चीनको कुङफुसम्बन्धी चलचित्रहरू हेरेको थिएँ। जस्तै भनौँ “व्हाङ फै हुङ” र “हो युआन च्या”। त्यो बेलादेखि नै मलाई चीनको संस्कृति मनपर्न थालेको हो। मेरो विचारमा हरेक चिनियाँ उड्नसक्छन्। चीन आएपछि मात्रै मैले सबैलाई कुङफु आउँदैन भन्ने थाहा पाएँ। धेरै चिनियाँहरूको विचारमा अफ्रिकीहरू नृत्य जान्छन्। तर सबै अफ्रिकीले नृत्य गर्न जानेको छैन।”

 

स्टारलिनोकाअनुसार, उनलाई नाच्न आउँदैन। तर उनले चीनको कुङफु सिकिरहेका छन्। हाल स्टारलिनोले सीआनस्थित सीपै उद्योग विश्वविद्यालयमा अध्ययन गर्दैछन्। हरेक दिन बिहान उनले विद्यालयको बगैँचामा स्वच्छ हावा फेर्नुका साथै कुङफुको अभ्यास गर्ने गर्दछन्। चीन आएपछिको दश वर्षमा उनले आधा चीनको भ्रमण गरेका छन्। छङतु, पैचिङ र शांगहाई उनी गएका छन्। उनको मनमा सीआन शहर सबैभन्दा मन पर्ने शहर हो। उनी भन्छन् “सीआन शहर संस्कृति र इतिहासको अर्थ बोकेको शहर हो। म फुर्सदमा चुङ लौ र ता थाङ बू ये छङ जान्छु। मैले पनि चीनको परम्परागत पोशाक लगाएर “छाङआन शअर शछन” मा चीनको थाङ वंशको जीवनको अनुभव गरेको छु। मलाई सीआनको खाना पनि मन पर्छ।”