तपाईँलाई चीनप्रति के विषयमा रुचि छ?
2024-02-23 15:31:33cri
Share with:

सन् २०२४ को मार्चमा चौधौँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशन र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन पैचिङमा हुने छ। यी दुई अधिवेशनमा प्रस्तुत हुने महत्त्वपूर्ण विषयबारे व्यापक श्रोता तथा इन्टरनेट प्रयोगकर्तालाई ध्यानाकर्षित गरी जानकारी दिने उद्देश्यले सीएमजीले सारा विश्वका श्रोता तथा इन्टरनेट प्रयोगकर्तामाझ इन्टरनेटमार्फत् जनमत सङ्ग्रहको आयोजना गरेको छ। तपाईँलाई पनि सक्रियताका साथ भाग लिन अनुरोध छ।

१,सीएमजीमार्फत दुईवटा अधिवेशनका कुन कुन विषयलाई तपाईँले सबैभन्दा बढी महत्व दिनुहुने छ?

२, चीनको आर्थिक विकासको क्षेत्रमा तपाईँलाई कुन कुन विषयमा रुचि छ?

३,चीनले भ्रष्टाचारलाई प्रहार गर्न कुन कुन कदम चाल्नुपर्ने छ, यस विषयबारे तपाईँको विचार के छ?

४,गरिबी निवारणमा चीन सरकारको कामबारे तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?

५,तपाईँको विचारमा वातावरण संरक्षणमा चीनले कुन कुन कदम चाल्नुपर्छ?

वा यदि तपाईँसँग चीन सम्बन्धमा अरू कुनै प्रश्नहरू छन् जुन तपाईँलाई रुचिकर लाग्छ, तपाईँले हामीलाई कुनै पनि प्रश्नहरू सोध्न सक्नुहुन्छ। तपाईँको प्रश्न र जिज्ञासाको प्रतीक्षा रहने छ।