सीपीसी प्रतिनिधि मण्डलद्वारा ताजकिस्तानको भ्रमण
2024-02-23 17:09:51cri
Share with:

ताजकिस्तानी जन प्रजातान्त्रिक पार्टीको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कुलका उप गभर्नर से छुन थाउको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले फेब्रअरी २१ देखि २३ तारिखसम्म ताजकिस्तानको भ्रमण गरेको छ।

 

भ्रमण अवधिमा प्रतिनिधि मण्डलले ताजकिस्तानी संसदको तल्लो सदनका सभामुख मुइनी, जन प्रजातान्त्रिक पार्टी र कम्युनिष्ट पार्टीका नेता र ताजकिस्तानी राष्ट्रिय प्रशाकीय प्रतिष्ठानका जिम्मेवार व्यक्तिसँग वार्ता गरेको छ। त्यस क्रममा प्रतिनिधि मण्डलले सी चिनफिङ नयाँ चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको गहन रूपमा प्रचार प्रसार गर्नुका साथै चीन र ताजकिस्तान दुवै देशका राजनीतिक पार्टी बीचको आवत जावत र विभिन्न क्षेत्रमा रहेका आपसी सहकार्यबारे वैचारिक आदानप्रदान गरेको छ।

 

वार्ता क्रममा ताजकिस्तानले चिनियाँ कम्युनिष्ट पार्टीको शासन विचारधारा र उपलब्धिको उच्च मुल्याङ्कन गर्नुका साथै हातमा हात मिलाउँदै दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जाने आशा व्यक्त गरेको छ।