राजनीतिक तवरले युक्रेन सङ्कटको समाधान गर्न चीनको ताकिता
2024-02-24 17:19:31cri
Share with:

संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले फेब्रुअरी २३ तारिख सुरक्षा परिषद्ले आयोजना गरेको युक्रेन समस्याको लेखाजोखा गर्ने खुलस्त बैठकलाई सम्बोधन गर्दै राजनीतिक तवरले सङ्कटको समाधान गर्न अन्तर्राष्ट्रिय समाजलाई ताकिता गर्नुभएको छ।

 

चाङ च्युनका अनुसार, अन्तर्राष्ट्रिय समाजले सँगै मिलेर प्रयास गर्दै सक्रियताका साथ उचित र निष्पक्ष उपाय खोजेर राजनीतिक तरिकामार्फत सङकटको समाधान गर्नुपर्नेछ।

 

चीनले निरन्तर रूपमा राजनीतिक तरिकामार्फत युक्रेन समस्याको समाधान गर्न रचनात्मक भूमिका निर्वाह गर्नुका साथै अथक प्रयास गर्दै जान चीन इच्छुक रहेको कुरा पनि चाङ च्युनले औँल्याउनुभएको छ।