सीएमजीको “चिनियाँ रसबरी पर्वको सांगितिक गाला” फेब्रअरी २४ तारिख बेलुका प्रसारण हुँदै
2024-02-24 17:18:26cri
Share with:

सीएमजीको “चिनियाँ रसबरी पर्वको सांगितिक गाला” फेब्रअरी २४ तारिख बेलुका ८ बजे प्रसारण गरिने भएको छ। सो सांगितिक गालाले नाचगान, संवाद तथा प्रहसन कार्यक्रम, ओपेरा तथा एक्रोब्याटिक्स लगायत विभिन्न किसिमका कार्यक्रमहरुमार्फत विश्वभरीका चिनियाँहरुलाई खुसीयालीसँग चिनियाँ रसबरी पर्व मनाउन निमन्त्रणा गर्नेछ।

 

चालु वर्षको वसन्त चाडको मुख्य आयोजक स्थल तथा चार वटा क्षेत्रीय आयोजक स्थलका १३ जना संचालक-संचालिकाहरु चिनियाँ रसबरी पर्वको सांगितिक गालाको मञ्चमा भेला भएर चिनियाँ तथा विदेशी दर्शकहरुलाई मंगलमय शुभकामना दिने कार्यक्रम छ।