राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अमेरिकी मास्काटाइन विद्यालयका विद्यार्थीलाई जवाफी पत्र
2024-02-24 19:22:39cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ ड्र्यागन वर्षको लालटिन पर्वको परिप्रेक्ष्यमा अमेरिकी मास्काटाइन माध्यमिक विद्यालयका चीन भ्रमण प्रतिनिधि मण्डलका विद्यार्थीलाई जवाफी पत्र पठाउनुका साथै वसन्त चाडको कार्ड पनि हस्तान्तरण गर्दै उनीहरू लगायत विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीलाई पर्वको शुभकामना व्यक्त गर्नुभएको छ।

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले साँच्चिकै एउटा वास्तविक र सम्पूर्ण चीनबारे जानकारी लिएर चिनियाँ विद्यार्थीहरूसित आदानप्रदान गरी दुवै देशका जनता बीचको मित्रतालाई प्रबर्द्धन गर्नका लागि अझ बढी योगदान प्रदान गर्दै जान अझ बढी अमेरिकी विद्यार्थीलाई निमन्त्रणा पनि दिनुभएको छ।