राष्ट्राध्यक्ष सीद्वारा केन्द्रीय वित्त समितिको चौथो बैठकको अध्यक्षता
2024-02-24 17:19:01cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम केन्द्रीय वित्त समितिका प्रमुख सी चिन फिङले फेब्रअरी २३ तारिख दिउँसो केन्द्रीय वित्त समितिको चौथो बैठकको अध्यक्षता गर्नुभएको छ। सो बैठकले प्रबन्धको ठूलो पैमानामा नवीकरण तथा पुराना उपभोग्य वस्तु नयाँमा फेर्ने तथा सम्पूर्ण समाजमा मसलन्दको लागतलाई प्रभावकारी रुपमा घटाउने लगायत विषयहरुको अनुसन्धान गरेको छ।

 

राष्ट्राध्यक्ष सीले उत्पादित वस्तुहरुको नवीकरणको तिब्रता उच्च गुणस्तरीय विकासलाई अघि बढाउनका लागि एउटा महत्त्वपूर्ण कदम हो भन्दै नयाँ चरणमा प्रबन्धको ठूलो पैमानामा नवीकरण तथा पूराना उपभोग्य वस्तु नयाँमा फेर्ने कुरालाई हौसला दिनुपर्ने कुरामा जोड दिनुभयो।