चीनले आफ्नो अर्थतन्त्रलाई गुणस्तरीय आविष्कारसँगै आधुनिकीकरणतिर प्रवर्द्धन
2024-02-25 18:04:46cri
Share with:

चीनमा निर्मित ठूलो हवाइ जहाज सी ९१९ ले सिङ्गापुरमा आयोजित एयरस्पेस प्रदर्शनी २०२४ मा चीनमा निर्मित अर्थात् मेड इन चाइनाको उल्लेख्य उपलब्धि हासिल गरेको छ। यसलाई चिनियाँ अर्थतन्त्र वृद्धिको एउटा इन्जिनका रुपमा मानिन्छ। सीजीटीएन र रनमिन विश्वविद्यालयद्वारा सञ्चालित विश्वव्यापी सर्वेक्षणमा ८७ दसमलव १ प्रतिशत उत्तरदाताले प्राविधिक तथा वैज्ञानिक आविष्कारसँगै चिनियाँ अर्थतन्त्रले गुणस्तरीय फड्को मारेको बताएका छन्। उनीहरु  विश्वास मान्छन् कि नयाँ गुणस्तरीय उत्पादकत्वले चिनियाँ आधुनिकीकरणलाई द्रुत र अशल बनाउने छ।