छिङहाई तिब्बत पठारभूमिदेखि ह्वाङ थु पठारभूमिसम्म
2024-02-25 18:30:19cri
Share with:

चीनको पश्चिमी क्षेत्र विशाल छ।  यस भागले चीनको कूल क्षेत्रफलमध्ये ७० प्रतिशत ओगटेको छ। नयाँ वर्षमा पश्चिमी क्षेत्रका आम सरकारी कर्मचारी तथा सर्वसाधारणहरुले राष्ट्राध्यक्ष सी चिन फिङको निर्देशनमा पर्यावरणीय सभ्यताको निर्माणलाई निरन्तर रुपमा अघि बढाउँदै विदेशका लागि खुला स्तर उकास्ने र नयाँ उत्पादकताको तिब्र गतिले निर्माण तथा पश्चिमी भागको गतिशील विकासलाई नयाँ प्रारुपतिर अघि बढाउँदै आएका छन्।

 

चीनको पश्चिमी भागमा १२ वटा प्रान्त, प्रदेश तथा शहरका ३० करोड जनसंख्या रहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि महासचिव सी चिन फिङले अघि पछि गरी ३० भन्दा बढी पश्चिमी भागको निरीक्षण गरी नयाँ युगमा पश्चिमी भागको विशाल विकासका लागि निर्देशन दिनुभएको छ।