तामाकोशी पाचौँ जलविद्युतको सिभिलतर्फको ठेक्का चिनियाँ कम्पनी सिनो हाईड्रोलाई
2024-02-25 18:05:37cri
Share with:

स्वदेशी लगानीको आकर्षक मानिएको दोलखाको तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको सिभिल संरचनाको निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले पाएको छ। फागुन ९ गते खोलिएको सिभिलतर्फको आर्थिक प्रस्ताव मुल्यांकन समितिले कम रकम कवोल गरेको सिनो हाइड्रोलाई दिने निर्णय गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

प्राविधिक र आर्थिक प्रस्तावमा चिनियाँ अर्को कम्पनी इन्टरनेशनल वाटर एण्ड ईलेक्ट्रिक कर्पोरेसन पनि छनौट भएको थियो। तर आर्थिक प्रस्तावमा कम रकम कवाल गरेको सिनो हाइड्रोलाई सिभिलतर्फको संरचना निर्माण जिम्मा दिने निर्णय भएको आयोजनाका प्रमुख विनोद भण्डारीले बताउनुभयो। ‘कम रकम कवोल गरेको सिनो हाइड्रोलाई आयोजनाको सिभिलतर्फको संरचना बनाउने जिम्मा दिइएको छ,’ उहाँले भन्नुभयो, ‘अबको केही दिनमा सिनो र आयोजनाबीच औपचारीक रुपमा हस्ताक्षर हुनेछ।’ सिनो हाइड्रोले आयोजनाको सिभिल संरचना ११ अर्ब ४१ करोडमा कवोल गरेको उहाँले बताउनुभयो।

सिनोले नेपाली कम्पनी कुमार श्रेष्ठ निर्माण सेवासँग जोईन्ट भेन्चर गरेकाले आयोजनाको शर्तअनुसार अमेरिकी डलर र नेपाली रुपैयाँ भुक्तानी हुने भण्डारीले बताउनुभयो। जस अनुसार ६ करोड ३७ लाख ९ हजार १ सय १८ डलर (नेपाली रुपैयाँ ७ अर्व ९१ करोड ) डलरमा भुक्तानी हने छ। ३ अर्व ५१ करोड ३७ लाख ९८ हजार नेपाली रुपैयाँमा भुक्तानी हुने छ। यसअघि सिना हाइड्रोको आर्थिक प्रस्ताव मुल्याङक कमिटीले आयोजनाको लागत भन्दा बढि दररेट परेपछि अन्तिममा आएर रद्ध गरेका थियो।

सिनाको प्रस्ताव रद्ध भएसँगै पुनः आयोजना निर्माणका लागि बोलपत्र आह्वान भएको छ। यसअघि संरचना निर्माणको जिम्मा पाउने लगभग निश्चित जस्तै बनेकोमा अन्तिममा आएर उसको प्रस्ताव पनि रद्ध गरिएको छ। सिनोको प्रस्ताव रद्ध भएसँगै पुनः आयोजना निर्माणका लागि बोलपत्र आह्वान भएको थियो।

प्राविधिक प्रस्तावमा सिनो हाइड्रोले पाउने देखिएपनि आर्थिक प्रस्ताव बढी भएकाले गएको बर्षको चैत्रमा सिनोको आर्थिक प्रस्ताव गरेर पुनः बोलपत्र गरिएको आयोजना प्रमुख बिनोद भण्डारीले बताउनुभयो। जसकाकारण आयोजना एक बर्षपछि ढिलो गरी निर्माण सुरु हुन लागेको हो।

‘सिनो हाइड्रोको प्राविधिक र आर्थिक प्रस्ताव स्वीकृत भएकाले अब आयोजनाको काम अघि बढने निश्चित भएको छ,’ उहाँले भन्नुभयो, ‘वित्तीय व्यवस्थापन भइसकेकाले ३/४ महिनामै आयोजनाको काम सुरु हुन्छ।’ सिनोले नै माथिल्लो तामाकोशी आयोजनाको सिभिल संरचना निर्माण कम् गरेकाले ४ बर्षभित्र आयोजनाको काम सिने लक्ष्य लिइएको उहाँले बताउनुभयो।

आयोजनाले इन्जिनियर प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्र मोडलमा निर्माण गर्दा छनौट भएको कम्पनी बढी जिम्मेवार हुन्छ। विस्तृत डिजाइन, खरिद, निर्माणदेखि केही समय संचालनसम्मको सर्तसहित किम्पनी गर्नुपर्छ। आयोजनाले इलेक्ट्रो मेकानिकल अर्थात् उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोडने प्रसारणलाइन निर्माणको बोलपत्रको तयारी पनि थालेको प्रमुख भण्डारीले बताउनुभयो।

आयोजना निर्माणका लागि १८ अर्व ५० करोड लाग्ने अनुमान गरिएको थियो। सिनोको आर्थिक प्रस्ताव रद्ध भएर एक बर्ष धकेलिदा लागत बढेर २१ अर्व १४ करोड लाग्ने अनुमान गरिएको छ। आयोजनामा ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानी रहने मोडालिटी रहेको छ। जसमध्ये १३ अर्व रुपैयाँ कर्मचारी सञ्चयकोषले ऋण लगानी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

यस्तै १० प्रतिशत माथिल्लो तामाकोशी आयोजनाले पनि लगानीको प्रस्ताव गरेको छ। यस्तै सर्वसाधारण र जिल्लावासीको सेयर लगानीबाट आयोजना निर्माण गरिने छ। यो आयोजनाले माथिल्लो तामाकोशी आयोजनाकै संरचना प्रयोग गर्नेछ।

तामाकोशी पाँचौ माथिल्लो तामाकोशी आयाजनाकै क्यासकेड आयोजनाको हो। यो आयोजनाको मुख्य काम भनेको ८ किलोमिटर सुरुङ र भूमिगत विद्युतगृह निर्माण हो। माथिल्लो तामाकोशी आयोजनाको टेलरेसकै पानी प्रयोग हुने भएकाले बाँधस्थल, पानी थिग्राउने पोखरी अर्थात डिसेन्डर र हेर्डवक्स यो आयोजनामा निर्माण गर्नुपर्दैन।

सिधै टेलरेसको पानी तामाकोशी पाँचौँको सुरुङमा प्रवेश गराइने छ। माथिल्लो तामाकोशी अर्धजलाशययुक्त आयोजना भएकाले सोही जलाशय प्रयोग हुने भएकाले तामाकोशी पाँचौ पनि अर्ध जलाशय आयोजना मानिने छ।