सीएमजीको चिनियाँ रसबरी पर्व सांगितिक गालाको प्रवर्द्धनात्मक भिडियो पहिलो पटक ट्रिनिडाड तथा टोबागोमा
2024-02-25 18:03:00cri
Share with:

ट्रिनिडाड तथा टोबागोको दोस्रो वसन्त चाडको मेला स्थानीय समय अनुसार फेब्रअरी २४ तारिख टेडो चागुआलामास समुद्री तटवर्ती क्षेत्रमा शुरु भएको छ। मेलाको उद्घाटन समारोहमा सीएमजीको चिनियाँ रसबरी पर्व सांगितिक गालाको प्रवर्द्धनात्मक भिडियो भव्यताका साथ प्रदर्शन भएको छ। जसबाट तत्स्थानका दर्शकहरु आकर्षित भएका छन्। यो प्रवर्द्धनात्मक भिडियो ट्रिनिडाड तथा टोबागोका जनता चिनियाँ रसबरी पर्व तथा सीएमजीको चिनियाँ रसबरी पर्व सांगीतिक गालाबारे जानकारी लिने नयाँ चौतारो बनेको छ।

सन् २०२४ चीन र ट्रिनिडाड तथा टोबागो बीच दौत्य सम्बन्ध स्थापित भएको ५० औँ वार्षिकोत्सव हो। उद्घाटन समारोहमा दर्शकहरुले चीनको परम्परागत नाचगान तथा प्रचलनको अनुभव गरेका छन्। तत्स्थानमा चिनियाँ विशेषतायुक्त मिठो खाना तथा हस्तकलाको प्रदर्शन पनि गरिएको छ। ट्रिनिडाड तथा टोबागोको सिनेटका सभापति फ्रैटास लगायत दश जना भन्दा बढी राजनीतिक नेता तथा ट्रिनिडाड तथा टोबागोका लागि धेरै मुलुकका राजदूत, प्रवासी चिनियाँहरु तथा स्थानीय बासिन्दाहरु लगायत करिब ६०० जना उद्घाटन समारोहमा सहभागी भएका थिए।