चीन सरकारको छात्रवृत्ति प्रचार-प्रसार कार्यक्रम सेसल्स विश्वविद्यालयमा आयोजित-२
2024-02-26 09:12:59CRI
Share with:

क्लाउदिया सेसल्स पर्यटन इन्स्टिच्यूटमा अध्ययनरत एक विद्यार्थी हुन्। उनले चीनमा अध्ययन गर्ने आशा लिएकी छिन्, किनभने चीनमा पढेपछि ज्ञान बढ्नुका साथै अरु राम्रो विकास हुने विश्वास उनले गरेकी छिन्।

मैले पढाइको निरन्तरता दिन खोजेकी छु। मैले उच्च स्तरीय प्रमाण पत्र प्राप्त गरेकी छु, तथापि अरु बढी प्रमाण पत्र प्राप्त गर्न कोसिस गर्ने छु। यसरी गरेपछि मैले अरु राम्रो काम पाउने छु। त्यसैले मेरो चीन जाने इच्छा छ। मलाई चिनियाँ भाषा मन पर्छ। मैले पाठ्य-पुस्तकमा पढेको चीनको प्रसिद्ध दृश्यावलोकन स्थल, उदाहरणका लागि निषिद्ध दरबारको अवलोकन गर्न चाहेकी छु। 

सेसल्स पर्यटन इन्स्टिच्यूटकी उप-प्रमुख श्रीमती ब्रिकिटले यस पटकको कार्यक्रमबाट सेसल्सका विद्यार्थीहरुले चीन सरकारको छात्रवृत्तिको व्यवस्थाबारे जानकारी लिएका छन् र विदेश जाने उनीहरुको छनौट पनि बढेको बताएकी छिन्।

आजको कार्यक्रम धेरै राम्रो छ, किनभने कार्यक्रमबाट हाम्रा विद्यार्थीहरुले अरु बढी सूचना पाउनुका साथै उनीहरुको केही प्रश्न भएमा राजदूताबासका कर्मचारीलाई प्रत्यक्ष रुपमा सोध्न पाउँछन्। आजको कार्यक्रमअघि विद्यार्थीहरुले युरोपमा अध्ययन गर्ने अथवा सरकारी छात्रवृत्ति योजनाबारे मात्र जानकारी लिएका थिए। तथापि आजको कार्यक्रमबाट उनीहरुले चीनमा अध्ययन गर्नका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिएका छन्। त्यसैले यो एउटा सुअवसर हो। हाम्रा विद्यार्थीहरुले यस अवसरको उपयोग गरी चीनमा अध्ययन गर्न निवेदन पेश गर्न सक्ने हामीले आशा गरेका छौँ। 

चीन सरकारको छात्रवृत्ति चीन सरकारले स्थापना गरेको हो। त्यसले विश्वका विभिन्न मुलुकका विद्यार्थी, शिक्षक तथा विद्वानहरु चीनका विश्वविद्यालयमा अध्ययन गर्नका लागि छात्रवृत्ति प्रदान गर्ने गर्दछ। सन् २००६ देखि चीन सरकारले हरेक वर्ष सेसल्सलाई १० भन्दा बढी छात्रवृत्ति प्रदान गरी सेसल्सका लागि धेरै योग्य व्यक्तिहरु हुर्काउँदै आएको छ।