चिनियाँ राष्ट्रिय जनकांग्रेसको १४ औँ स्थायी समितिको आठौँ सम्मेलन आयोजित
2024-02-26 10:06:23CRI
Share with:

चिनियाँ राष्ट्रिय जनकांग्रेसको चौधौँ स्थायी समितिको आठौँ सम्मेलन फेब्रुअरी २६ देखि २७ सम्म पैचिङमा आयोजना भएको छ।

सो सम्मेलनको एउटा महत्वपूर्ण काम भनेको चिनियाँ राष्ट्रिय जनकांग्रेसको चौधौँ स्थायी समितिको आगामी दोस्रो अधिवेशनको तयारी गर्नु हो। सम्मेलनमा 'राष्ट्रिय जनकांग्रेसको स्थायी समितिको कार्य प्रतिवेदन (मस्यौदा)', '१४औँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनको कार्यसूची (मस्यौदा)', '१४औँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनका अध्यक्षमण्डल र महासचिवको नामावली (मस्यौदा)' र '१४औँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनका मत नहाल्ने उपस्थित प्रतिनिधिहरूको नामावली (मस्यौदा)' को अनुमोदन गरिएको छ। साथै उक्त सम्मेलनमा 'जन गणतन्त्र चीनको राष्ट्रिय गोप्य सुरक्षासम्बन्धी कानुन (संशोधित मस्यौदा)'को अनुमोदन गरिएको छ भने प्रतिनिधिहरूको योग्यतासम्बन्धमा लेखाजोखा समितिले दिएको केही प्रतिनिधिहरूको योग्यता प्रतिवेदनको पनि सुनुवाई गरिएको छ।