अमेरिकाद्वारा रुससँग सम्बन्धित केही चिनियाँ संस्थामाथि प्रतिबन्ध, चिनियाँ वाणिज्य मन्त्रालयद्वारा आवश्यक कदम चाल्ने चेतावनी
2024-02-26 18:54:53cri
Share with:


फेब्रुअरी २६ तारिख एकजना पत्रकारले सोधेका छन्, कि भर्खरै अमेरिकाले रूससँग सम्बन्धित धेरै चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ। यसमा चीनको टिप्पणी के छ?

 

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले चीनले यो अवस्थालाई ध्यानमा राखेको भन्दै अमेरिकी दृष्टिकोण एकतर्फी प्रतिबन्ध र आर्थिक जबरजस्ती भएको टिप्पणी गरेका छन्। यसले अन्तर्राष्ट्रिय आर्थिक र व्यापारिक नियम र व्यवस्थालाई कमजोर बनाउने र विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृंखलाको सुरक्षा र स्थिरतालाई नोक्सान पुर्‍याउने चेतावनी दिँदै ती प्रवक्ताले भने, चीनले अमेरिकी प्रतिबन्धको कडा विरोध गर्दछ। चीनले चिनियाँ उद्यमहरूको वैध अधिकार र हितको दृढतापूर्वक संरक्षण गर्न आवश्यक कदम चाल्नेछ।”