छैठौं संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन शुरु
2024-02-26 18:27:37cri
Share with:

फेब्रुअरी २६ तारिख छैठौं संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन केन्याको नैरोबीमा आयोजना भएको छ।

 

यस सम्मेलनको मुख्य विषय प्रभावकारी, समावेशी, दीगो बहुपक्षीय गतिविधिद्वारा जलवायु परिवर्तन, जैविक विविधता कमजोर र प्रदूषण समस्याको सामना गर्नु भन्ने रहेको छ।

 

एक हप्तासम्म चल्ने यस सम्मेलनमा श्रृंखलावद्ध उच्च नेता स्तरीय वार्ताहरु, बहुपक्षीय परामर्श सम्मेलनहरु र ३० भन्दा बढी सरकारी कार्यक्रमहरुको आयोजना हुने छ।

 

यस सम्मेलनले भविष्यमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय  समन्वयका लागि आधार सिर्जना गर्नुका साथै विश्वका विभिन्न मुलुकका सरकार, नागरिक तथा सामाजिक संगठन, विशेषज्ञहरुलाई ग्लोबल वातावरण नीति निर्धारण गर्ने अवसर प्रदान गर्ने छ।