आउने चीन चीन नै हो
2024-02-26 16:53:54cri
Share with:


 “आउने चीन चीन नै हो।चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन्२०२३ एशिया प्रशान्त आर्थिक सहयोग संगठन द्योगिक वाणिज्य नेता स्तरीय शिखर सम्मेलनमा औद्योगिक तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको भनाईलाई उद्धृत गर्दै यसरी ग्लोबल बजारमा चीनमा व्याप्त अवसरमाथि जोड दिनुभएको छ।

 

चाइना मिडिया ग्रुपको सिजिटिएन र चीन जनविश्वविद्यालयले नयाँ युग अन्तर्राष्ट्रिय प्रचारप्रसार अनुसन्धान प्रतिष्ठानमार्फत ग्लोबल उत्तरदाताहरुसमक्ष गरेको जनमत सर्वेक्षण नतिजा अनुसार ९०.६प्रतिशत ग्लोबल उत्तरदाताहरुले चीन एक महत्वपूर्ण राष्ट्र हो भने चीनसँग पारस्परिक सहयोगलाई गहन बनाउनु स्वदेशी हितअनुकूल भएकोमा सहमति जनाएका छन्।

 

चीनको विकास विश्वबाट अलग हुनुहुँदैन। विश्वको समृद्धिलाई चीन पनि चाहिन्छ। ग्लोबल उत्तरदाताहरुको आँखामा चीन ग्लोबल आर्थिक बृद्धिको सबैभन्दा ठूलो इन्जिन र विश्व विकासको अवसर मात्र नभई अन्तर्राष्ट्रिय समाजको स्थिर शक्ति र भरपर्दो साझेदार पनि हो। उक्त सर्वेक्षणमा ८४.५ प्रतिशत उत्तरदाताहरुले चीन विश्वको सबैभन्दा प्रभावशाली आर्थिक अगुवा भएको ठहर गरेका छन्। ८१.० प्रतिशत उत्तरदाताहरुले चीन एक अवसरले भरिपूर्ण देश हो भने चीनको विकासले लगातार विश्वमा अवसर सिर्जना गर्दै जाने ठहर गरेका छन्। ७५.६ प्रतिशत उत्तरदाताहरुले आफ्नो राष्ट्र र चीनबीच असल सम्बन्ध राख्ने आशा लिँदै चीनले अन्तर्राष्ट्रिय मामिलामा भाग लिएबाट न्याय तथा निष्पक्षताको संरक्षणमा सहयोग पुग्ने ठानेका छन्।

 

अन्तर्राष्ट्रिय समाजले चीनको अर्थतन्त्रप्रति लिएको विश्वास र अपेक्षा चीनको विशाल स्थिर बजार मात्र नभई चीनको कूटनीतिक सन्तुलन, समन्वय र समावेशी विकास विचारधाराबाट आएको हो।

 

 

हाल मानव जातिको साझा भविष्य भएको समुदायबाट बेल्ट एण्ट रोड भन्ने निर्णय प्रस्तावसम्म, ग्लोबल विकास पहल, ग्लोबल सुरक्षा पहल र ग्लोबल सभ्यता पहलबाट साउदी अरब र इरानबीच ऐतिहासिक मेलमिलापलाई साकार तुल्याउनु, संयुक्त राष्ट्र संघको जलवायु सम्मेलनमा युएई सहमतिका लागि प्रवर्द्धन गर्नुसम्म आदि आदि चीनको अडान, चीनको सुझाव र चीनको बुद्धिमान विचारधाराले अन्तर्राष्ट्रिय समाजमा झन झन बढी विश्वास र अपेक्षा पाएको देखिन्छ।

 

७६.५ प्रतिशत उत्तरदाताहरुले चीन एक सम्मान गर्न लायक देश भएको ठहर गरेका छन् भने ८४.२ प्रतिशत उत्तरदाताहरुले चीन एक सफल राष्ट्र भएको विचार व्यक्त गरेका छन्। ८०.१ प्रतिशत उत्तरदाताहरुले चीनको अन्तर्राष्ट्रिय प्रभाव दिनप्रतिदिन बढ्दै गएको ठहर गर्दछन्।  

 

यस सर्वेक्षणमा भाग लिएका १५ हजार ३७ उत्तरदाताहरु अमेरिका, फ्रान्स, जापान, दक्षिण कोरिया लगायत विकसित मुलुक र पेरु, मेक्सिको, थइल्याण्ड, नाइजेरिया आदि विकासोन्मुख मुलुकहरुबाट रहेका छन्।