लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने
2024-02-26 16:08:26cri
Share with:

अखिल नेपाल भिक्षु संघको आयोजनामा बुद्ध जन्मभूमि लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने भएको छ । तेस्रो पटक हुन लागेको यस्तो कार्यक्रम फागुन २० देखि २२ सम्म हुनेछ । कोरोना संक्रमण महामारीका कारण रोकिएको त्रिपिटक पाठ यसपल्ट हुन लागेको हो। कान्तिपुर अनलाइनका अनुसार यसअघि ०७४ र ०७५ सालमा कार्यक्रम आयोजना गरिएको थियो ।

 

त्रिपिटक बौद्ध धर्मको सबैभन्दा ठूलो र आधिकारिक ग्रन्थ हो । यसमा ८४ हजार धर्म स्कन्धहरू समावेश छन् र यसलाई बुद्ध वचन समेत मानिन्छ । त्रिपिटकमा सुत्रपिटक, विनयपिटक र अभिधर्मपिटक रहेका छन् । बौद्ध धर्म मानिने देशहरू त्रिपिटकको पाठ गर्ने चलन रहेको छ । भिक्षु संघले पक्रकार सम्मेलन आयोजना गर्दै कार्यत्रमबारे जानकारी दिएको हो ।

 

संघका महासचिव धर्मगुप्त महास्थविरका अनुसार त्रिपिटक पाठमा भारत, श्रीलंका, थाइल्यान्ड र वर्मालगायतका देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ । कार्यक्रमको पहिलो दिन त्रिपिटकको शोभा यात्रा निकालिनेछ । यस्तै अन्तिम दिन पवित्र उद्यानमा दीप प्रज्ज्वलन पनि गरिनेछ ।