स छ्वान प्रान्त च कोङ सहरको लालटिन मेला
2024-02-26 16:32:00CRI
Share with:

च कोङ सहर चीनको स छ्वान प्रान्तको दक्षिणी भागमा पर्दछ। यो सहरका केही विशेषताहरू पनि छन्। पहिलो, प्राचीनकालदेखि यो नुनको स्रोत क्षेत्र हो। दोस्रो, यस सहरलाई डायनासोरको जन्मस्थल पनि भनिन्छ किनभने यहाँ डायनासोरका जीवाश्महरू फेला परेका छन्। तेस्रो, यहाँको लालटिन मेला चीनभरि प्रसिद्ध छ।

 चिनियाँ पात्रोअनुसार, नयाँ वर्षको पन्ध्रौँ दिनमा मानिसहरूले घर बाहिर गएर लालटिन हेर्ने चलन रहँदैआएको छ। यहाँ च कोङ सहरमा लालटिन हेर्ने र लालटिन बनाउने इतिहास ८ सय वर्ष लामो छ। यहाँको लालटिन बनाउने कौशल पनि चीनको राष्ट्र स्तरीय गैर भौतिक सम्पदामा सूचिकृत छ। हरेक वर्ष च कोङ सहरमा भव्य लालटिन मेलाको आयोजना गरिन्छ, यस वर्ष तीसौँ पटकको लालटिन मेला हो।

 यस वर्षको फेब्रअरी २ तारिखदेखि यस लालटिन मेला औपचारिक रूपमा खुला भएको छ र मेलाले लगभग ४० हेक्टर क्षेत्रफल ओगटेको छ। जम्मा २४०० जना कामदारहरूले २ महिनाको समयमा १००० भन्दा बढी विशाल लालटिनको रचना गरेका छन्। यी रङ्गीन लालटिनबाट चिनियाँ इतिहासको अनुभव गर्न सकिन्छ।

 लालटिन व्यवसाय च कोङ सहरको मुख्य व्यवसाय पनि हो। च कोङ वाणिज्य व्यूरोको तथ्याङ्कअनुसार, यो सहरमा ५० हजार कामदारहरू लालटिनको उत्पादनमा सक्रिय छन्। सहरभरि १ हजारभन्दा बढी लालटिनसम्बन्धी व्यवसाय रहेकाले वार्षिक उत्पादन मात्रा ६ अर्ब चिनियाँ युआन पुगेको छ। गत वर्ष विश्वका १९ मुलुकका ७१ वटा सहरहरूमा ९० पटक च कोङ लालटिनको प्रदर्शनीको आयोजना गरिएको छ र यसबाट ५ करोड अमेरिकी डलर आय गरेको छ।