#अल्पसंख्यक जाति# तिब्बती पात्रोमा रमाइलो वसन्त चाड
2024-02-27 09:00:04CRI
Share with:

तिब्बती पात्रो अनुसार, नव वर्ष तिब्बती जातिको सबैभन्दा भव्य र रमणीय जातीय महोत्सव हो। तिब्बती पात्रोको पहिलो महिनाको पहिलो दिनदेखि पन्ध्र दिनसम्म तिब्बती जातिको नव वर्षको अवधि हो। तिब्बती जातिको नव वर्ष चिनियाँ पात्रोअनुसार नव वर्ष अर्थात् वसन्त चाडबीचको समय भिन्नतामा तीन प्रकार छन्- एकै दिन, एक दिनको भिन्नता वा एक महिनाको भिन्नता। चालु वर्ष तिब्बतीको नयाँ वर्ष ठ्याक्कै एकै दिन परेको छ।

फेब्रुअरी १० तारिख तिब्बती वर्षको पहिलो दिन विहान सबेरै जोखाङ गुम्बामा पूजाआजा गरेर परिवार र सबैजनाका लागि प्रार्थना गर्ने टोली पोताला दरबारको चोकनजिकै पुगेको छ। बच्चाबच्ची, बुढाबुढी लगायत तिब्बती सर्वसाधारणहरू खादा र नौनी लिएर पर्खिरहेका छन्। शाक्यमुनिको १२ वर्षे मूर्ति राखिएको दरबारमा उनीहरूले सौभाग्यको प्रतीक भएको खादा चढाएर, आफ्ना दुई हात एकसाथ राखेर, मन्त्र-भजन जपेका छन्। 

कसाङछ्युचे र आमा तथा दिदी भव्य लुगा लगाएर जोखाङ गुम्बाबाट निस्कनुभएको छ। उहाँहरू ल्हासामा २० वर्ष बस्नुभयो।

“बुद्धको पूजाआजा गर्ने टोली निकै लामो छ। हामीले बरखोर बाटोमा प्रार्थना चक्र धुमाएका थियौं।” कसाङछ्युचेले भन्नुभयो। उहाँको विचारमा प्रार्थनाको तरिका त्यति महत्वपूर्ण होइन। सबैभन्दा महत्वपूर्ण मानसिक सदिच्छा हो। नयाँ वर्ष पूरै परिवार सुरक्षित र स्वस्थ रहोस् भन्ने आशा उहाँले गर्नुभयो। 

बरखोर बाटोका धेरै पसल बन्द भएका छन्। चेयौ अर्थात् चिन्तामुक्त पसल सञ्चालित अल्पसंख्यक पसलहरूमध्येको एक हो। यो पसलले सांस्कृतिक र रचनात्मक उत्पादनको व्यापार गरेको ७/८ वर्ष भइसकेको छ। हाल त्यो स्थानीय लोकप्रिय पसल बनेको छ। 

 बुद्धको पूजाआजा गरेका युवक छिङख र परिवारले उक्त पसलमा सांस्कृतिक र रचनात्मक उत्पादन छानिरहनुहुन्छ। उहाँ छिङहाइ प्रान्तीय कोलो तिब्बत जातीय स्वायत्त प्रिफेक्चरबाट आउनुभएको हो। पहिला उहाँ र परिवार धेरैपटक ल्हासा आउनुभयो। तर पहिलो पटक आफैले गाडी चलाएर उहाँ आउनुभएको हो। उहाँले तिब्बती शब्द कुँदिएको कलम छानेर शिक्षकलाई दिने योजना बनाउनुभएको छ।   

जोखाङ गुम्बामा धेरै  धर्मावलम्बी र पर्यटकहरू घुमेका छन्। हनान प्रान्तीय लोयाङ शहरबाट आएकी श्रीमती शन र छोरीले तिब्बतमा वसन्त चाड मनाउनुभएको छ। उहाँले तिब्बती नयाँ वर्षको तरिकामार्फत् परिवारका लागि प्रार्थना गर्ने योजना बनाउनुभएको छ। “म जहिले पनि तिब्बतको लालसा गर्छु। हाल मेरो सपना साकार भयो।”