सन् २०२४ चीनका दुई अधिवेशन प्रेस केन्द्र फेब्रुअरी २७ देखि संचालनमा
2024-02-27 10:00:43CRI
Share with:

सन् २०२४ चिनियाँ राष्ट्रिय जन काँग्रेस र चीनको राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलन गरी दुईवटा अधिवेशन आयोजना हुन लागिरहेका छन्। सोही क्रममा, पैचिङमा अवस्थित मिडिया सेन्टरमा राखिएको दुई अधिवेशनको प्रेस केन्द्र फेब्रुअरी २७ तारिखदेखि औपचारिक रुपमा संचालनमा आएको छ।

चिनियाँ राष्ट्रिय जन काँग्रेसको १४ औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन र चीनको राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन क्रमशः मार्च ५ र मार्च ४ मा पैचिङमा सुरु हुँदै छ। उक्त दुई अधिवेशनको प्रेस केन्द्रबाट प्राप्त जानकारी अनुसार, ३,००० भन्दा बढी चिनियाँ र विदेशी पत्रकारहरूले दुई अधिवेशनका लागि दर्ता गरिसकेका छन् जुन बितेका केही वर्षहरूको दाँजोमा स्पष्ट रूपमा बढेको छ। दुई अधिवेशनको प्रेस केन्द्रले खुलापन र पारदर्शिताको भावनालाई कायम राख्नुका साथै चिनियाँ तथा विदेशी पत्रकारका लागि समाचार सेवा प्रदान गर्नेछ।