अमेरिका विश्वको आर्थिक पुनरुत्थानको लागि ठूलो खतरा
2024-02-27 16:24:45cri
Share with:

 

अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालयले हालै जारी गरेको तथाकथित "सन् २०२३ चीनद्वारा विश्व व्यापार संगठन सम्मिलित प्रतिबद्धताहरू" भन्ने प्रतिवेदन जारी गर्‍यो जसले अनुपालनमा चीनको उपलब्धिलाई अस्वीकार गरेको छ भने चीनको आर्थिक र व्यापार प्रणाली तथा नीतिहरूलाई विश्वव्यापी व्यापारमा ठूलो चुनौती खडा गरेको भनी निन्दा गरेको छ। के अमेरिका भ्रम सिर्जनाका लागि यस्तो रिपोर्ट प्रयोग गर्न चाहन्छ? अमेरिका गलत छ।

 

चीनले विश्व व्यापार संगठनका कार्यान्वयनलाई कसरी मूल्याङ्कन गर्ने? अमेरिकाले विश्व व्यापार संगठन नियमहरूको आधारमा वस्तुनिष्ठ मूल्याङ्कन गर्दैन। उसले चीनद्वारा हस्ताक्षरित "चीनको पहुँचसम्बन्धी प्रोटोकल" र "चीनको पहुँचमा कार्य समूहको प्रतिवेदन"लाई आफ्नो मापदण्डको रूपमा प्रयोग गर्दैन। तर अमेरिका आफ्नै व्यक्तिपरक मापदण्डहरू सेट गर्दछ। विश्लेषकहरूले औंल्याए कि यो अमेरिकी प्रतिवेदनबाट देख्न सकिन्छ कि यसले चिनियाँ विशेषताहरू सहितको समाजवादी बजार आर्थिक प्रणालीको पूर्ण परिवर्तनको रूपमा मूल्याङ्कन मापदण्ड सेट गरेको छ र चीनले अमेरिकी आवश्यकताहरू अनुरूप संस्थागत सुधारहरू गर्न आवश्यक छ।

 

अमेरिकाले चीनले चालेका कदम र विश्व व्यापार संगठन सम्मिलित  कार्यान्वयनमा गरेको उल्लेखनीय प्रगतिलाई पूर्ण रूपमा बेवास्ता गर्दछ। गत वर्ष मात्रै सन् २०२३मा चीन नै माछापालन अनुदान सम्झौताला अनुमोदन पूरा गर्ने पहिलो प्रमुख विकासोन्मुख देश बन्यो, लगानी सहजीकरण सम्झौता पाठ वार्तालाप पूरा हुन नेतृत्व गर्‍यो, विश्व व्यापार संगठनलाई केही विश्वव्यापी डिजिटल व्यापारमा ठोस रूपमा वार्ता सम्पन्न गर्न प्रवर्द्धन गर्‍यो। यसला सबै पक्षबाट उच्च मान्यता प्राप्त भएको छ। विश्व व्यापार संगठनमा सामेल भएदेखि चीनको समग्र महशुल स्तर सन् २००१मा १५.३% बाट सन् २०२३मा ७.३%मा झरेको छ। कृषि उत्पादनहरुको औसत ट्यारिफ स्तर अन्य विकासोन्मुख र विकसित सदस्यहरु भन्दा धेरै कम छ। साथै सबै आयात कोटा, आयात इजाजतपत्र र गैर-शुल्क उपायहरू जस्तै विशिष्ट टेन्डरहरू यसको विश्व व्यापार संगठन प्रतिबद्धताहरू अनुसार रद्द गरिएको छ।

त्यति मात्र होइन। चीनले स्वतन्त्र खुलापनलाई प्रवर्द्धन गर्नका लागि विश्व व्यापार संगठनको प्रतिबद्धतालाई सक्रिय रूपमा पूरा गरेको छ, अन्तर्राष्ट्रिय रूपमा उन्नत सूची व्यवस्थापन प्रणाली लागू गरेको छ र विदेशी लगानीका प्रतिबन्धहरू घटाउने क्रम जारी राखेको छ। यद्यपि, चीनले चालेका यी वास्तविक उपायहरू अमेरिकी प्रतिवेदनबाट पूर्ण रूपमा गायब छन्।

 

"सुरक्षा" को आडमा अमेरिकी सरकारले आर्थिक, व्यापारिक र प्राविधिक क्षेत्रमा व्यापक रूपमा "डिकप्लिङ र विच्छेदन" लाई बढावा दिइरहेको छ, जसले विश्व अर्थतन्त्रको पुनःवहालीमा ठूलो खतरा खडा गरेको छ।

 

प्रतिवेदनमा, अमेरिकाले चीनको वैध व्यापार उपायहरूलाई "आर्थिक जबरजस्ती" को भन्दै गलत रूपमा प्रस्तुत गर्‍यो र अमेरिकी नाकाबन्दी र दमनको प्रतिक्रियामा चीनका उपायहरूलाई "सक्रिय डिकप्लिङ्" भनेर वर्णन गर्‍यो। यो झूटा जानकारीको स्पष्ट प्रसार हो, जुन वास्तवमा अमेरिकाको आफ्नै कार्यहरूको प्रक्षेपण हो।