काठमाडौंमा नेपालका लागि चिनियाँ राजदूत र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
2024-02-27 16:01:05cri
Share with:

केही समयदेखि महत्वपूर्ण चिनियाँ परियोजनाहरुको प्रगति विवरणमा शिथिलता आएको छ। विशेषगरी नेपाली पक्षले तयार पारिदिनुपर्ने निर्माणअघिका प्रक्रिया र अवस्थाका कारण प्रगतिमा बाधा पुगेको चिनियाँ पक्षको बुझाई छ । सोही सन्दर्भमा आफ्ना धारणा राख्न नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ। चिनियाँ परम्परागत नयाँ वर्ष र बसन्त चाडको लामो बिदापछि चिनियाँहरु आफ्नो कार्यक्षेत्रमा जुटेका छन्।

 

प्रधानमन्त्रीसँगको भेटमा राजदूत सोङको मुख्य चासो यसअघि भएका सम्झौता कार्यान्वयनको पाटो रहेको बुझिएको छ। भेट्मा प्रधानमन्त्रीले गत असोजमा चीन र चिनियाँ राष्ट्रपति सी चिनफिङले चार वर्षअघि गर्नुभएको नेपाल भ्रमणताका भएका सम्झौता र सहमतिको अक्षरशः कार्यान्वयनको निम्ति चिनियाँ पक्षले स्पष्टसँग आफ्नो धारणा राखेको श्रोतको दावी छ। केही महिनादेखि नेपाल र चीनका चाडबाडको कारण नियमित रुपमा उच्चस्तरीय भेटघाट र छलफल हुन सकेको थिएन।

 

झण्डै तीन वर्ष कोभिड महामारी र त्यसपछि नेपालको आन्तरिक राजनीतिक समीकरणमा देखापरेको परिवर्तनका कारण परियोजनाहरु अघि बढ्न सकेको थिएन । वर्तमान राजदूत छन सोङको सक्रियतापछि ती रोकिएका सबै परियोजना अघि बढाउने सम्बन्धमा आजको छलफल केन्द्रित थियो ।

 

राजधानीमा बाहिरी चक्रपथ,हिल्सासिमकोट सडकको निर्माण प्रक्रिया अघि बढाउन ढिलो नगर्ने,हुम्लासँग जोडिएको चिनियाँ सीमाको मैत्री पुल शिलान्यास गर्ने विषयमा पनि प्रधानमन्त्री र राजदूतबीच कुराकानी भएको जनस्था अनलाइनले समाचार लेखेको छ।

विशेषगरी राजधानीमा बाहिरी चक्रपथ,हिल्सासिमकोट सडकको निर्माण प्रक्रिया अघि बढाउन ढिलो नगर्ने,हुम्लासँग जोडिएको चिनियाँ  सीमानाको मैत्री पुल शिलान्यास गर्ने विषयमा पनि प्रधानमन्त्री र राजदूतबीच कुराकानी भएको छ । त्यसैगरी बिद्युत ट्रान्समिसन लाइन निर्माणको निम्ति पत्राचार थाल्ने, टोखाछहरे सुरुङमार्गको निर्माण कार्यलाई अघि बढाउने अर्को सहमति  छ । कृषि औद्योगिक पार्क निर्माणबारे समेत विस्तृत छलफल भएको स्रोत बताउँछ । यसअघि कृषि विश्वविद्यालयको समग्र अध्ययनका निम्ति टोली आइसकेको छ ।

 

आगामी दिनमा आउन लागेको त्यस्तै टोलीले पार्कको लोकेसन छनौट गर्ने बुझिएको छ । सम्भवतः गोरखामा कृषि औद्योगिक पार्क निर्माण गरिन्छ होला,’ बालुवाटार स्रोतले भन्यो । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा दमकमा औद्योगिक पार्क निर्माण गर्ने सम्झौता भएको थियो । तर,उक्त पार्कको निम्ति लगानी बोर्डले आजसम्म डिपिआर बनाइदिएको छैन ।

 

कृषि पार्कका लागि यसअघि गोरखा, धादिङ र चितवन जिल्ला छनौट गरिएको तथा भौगोलिक र अन्य सम्भाव्यताको थप अध्ययनका लागि चिनियाँ टोली आउन लागेको बताइन्छ । केही समयअघि चितवनस्थित कृषि विश्वविद्यालयको बारेमा अध्ययन गर्न एउटा टोली नेपाल आएको थियो ।

 

सरकारी अधिकारीहरु भन्छन्, ‘शुरुमा धादिङलाई कृषि पार्कको लागि उपयुक्त स्थानका रुपमा हेरिएको थियो । राजधानी,चितवन, पोखरा र केरुङसम्मको सडक तथा रेलमार्गको बारेमा धादिङलाई जोडेर चर्चा गरिएको र पछिल्लो समय धादिङको सम्भावनालाई मोडेर गोरखा पुर्याइएको छ ।