चिनियाँ वाणिज्यमन्त्री र विश्व व्यापार संगठनका महानिर्देशक बीच भेटवार्ता
2024-02-27 10:03:46CRI
Share with:

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा फेब्रुअरी २५ मा आयोजित विश्व व्यापार संगठनको १३औँ मन्त्रीस्तरीय सम्मेलनका क्रममा चिनियाँ वाणिज्यमन्त्री वाङ वनथाउले विश्व व्यापार संगठनका महानिर्देशक ङ्गोजी ओकोन्जो इवेलासँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा यस पटकको सम्मेलनमा थप व्यावहारिक परिणाम हासिल गर्न चीन विभिन्न पक्षसँग मिलेर काम गर्न इच्छुक रहेको चिनियाँ वाणिज्यमन्त्री वाङले बताउनुभयो। विवाद समाधान संयन्त्रको सामान्य सञ्चालन, कृषिवार्ता सम्बन्धी कार्ययोजनाको तर्जुमा, अति अविकसित मुलुक र निर्यातबिना अन्नबाली आयातकर्ता विकासोन्मुख मुलुकहरूको खाद्य सुरक्षा मागको जवाफ र मत्स्य सहायतासम्बन्धी सम्झौताको दोस्रो चरणको समापनलाई चीनले समर्थन गर्दै जाने छ। चीनले विश्व व्यापार संगठनको कानुनी संरचनामा लगानी सहजीकरण सम्झौतालाई समावेश गराउन र समयको साथ बहुपक्षीय व्यापार नियमहरूको सुधारलाई समर्थन गर्दै जाने छ।

सो अवसरमा विश्व व्यापार संगठनका महानिर्देशक ङ्गोजी ओकोन्जो इवेलाले चीनले विश्व व्यापार संगठनको काममा रचनात्मक रुपमा सहभागिता जनाउँदै आएको र सकारात्मक परिणाम हासिल गर्नका लागि धेरै वार्तालाई अघि बढाएको भन्दै प्रशंसा गर्नुभयो। विवाद समाधान संयन्त्रको सुधारजस्ता वार्तामा चीनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै यस पटकको सम्मेलनको सफलतामा थप योगदान पुर्याउने अपेक्षा लिएको पनि इवेलाले व्यक्त गर्नुभयो।