काठमाडौंमा पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत छन सोङबीच भेट
2024-02-28 16:05:48cri
Share with:

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  सम्मानित नेता तथा  विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।

 

भेटका अवसरमा उहाँहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले जानकारी दिनुभएको राससले समाचार लेखेको छ।