पैचिङ्ग ओपेराको इतिहास-2
2024-02-28 09:00:04CRI
Share with:

पैचिङ्ग ओपेरा प्रदर्शन गर्दा अभिनेता र अभिनेत्रीको अनुहारमा थरि-थरिका रंग लगाउनु पर्छ। अनुहारमा लगाइएका रंगबाट अभिनेता र अभिनेत्रीको भावना, गुण-स्तर र भाग्य दर्शकहरुलाई प्रदर्शित गरिन्छ। पेचिङ्ग ओपेरामा अभिनेता र अभिनेत्रीको अनुहारमा लगाइएको रंग हेरेर यो मान्छे ओपेरामा कस्तो किसिमको मान्छे हो भनेर छुट्याउन सकिन्छ। यो पात्र छुच्चो छ कि उदार, राम्रो छ कि नराम्रो, असल छ कि खराब, ठूलो छ कि सानो भन्ने कुरा रंगका आधारमा छुट्ट्याइन्छ। साधारणतया रातो अनुहार बनाइएको पात्रले असल व्यक्तिको अभभिनय गर्छ। यस्तो पात्र इमान्दार र शूर-बीर हुन्छ। बैजनी रंग लगाएको पात्रले शूर-बीर र चलाक व्यक्तिको अभिनय गर्छ। कालो अनुहार बनाइएको पात्रले सोझो र इमानदार व्यक्तिको अभिनय गर्छ। निलो अनुहार बनाइएको पात्रले बहादूरको अभिनय गर्छ। पहेंलो र सेतो अनुहार बनाएका पात्रको स्वभाव निरंकुश हुन्छ। सुनौलो र चाँदिको रंग बनाइएको पात्रले धेरैजसो देवता र राक्षसको अभिनय गर्छ।
18 औं शताव्दीको अ‌त्य पैचिङ्ग ओपेराको विकासको पहिलो चरण थियो। त्यस बेला पैचिङ्ग ओपेरा निकै लोकप्रिय थियो। त्यति बेला यसलाई सधैं दरबारमा पनि प्रदर्शन गरिन्थ्यो। राज-परीवार र नाता-कुटुम्बहरुले पैचिङ्ग ओपेरालाई मन पराएका कारण दरबारको सम्पन्न भौतिक अवस्थाले पैचिङ्ग ओपेराका लागि आर्थिक सहयोग उपलव्ध गराएको थियो। राज-परीवार र जन-समूहको समान प्रयासका आधारमा पैचिङ ओपेराको विकास अभूतपूर्व रुपमा भएको थियो।

बीसौं शताव्दीको बीसदेखि चालीसको दशक पैचिङ ओपेराको विकासको दोस्रो चरण थियो। यस बैला धेरै प्रसिद्ध अभिनेताहरुले आ-आफ्नो लयको सिर्जना गरेका थिए। शान शाई र पैचिङ्ग आदि ठूल्ठूला शहरहरुमा श्री मै लान फान(सन्1894-1961, श्री शान सिआउ युन(सन्1900-1976), श्री छन् येन छ्यु(सन्1904-1958)र श्री श्युन व्है शन(सन्1900-1960)सबैभन्दा प्रसिद्ध अभिनेता हुनुहुन्थ्यो।

श्री मै लान फानले विश्वमा अति ठूलो नाम कमाउनुभयो। उहाँ आठ वर्षको हुँदा ओपेरा सिक्नु शुरु गर्नुभयो र एघार वर्षको उमेरमै ओपेराको अभिनय गर्न थाल्नुभएको थियो। पचास वर्षभन्दा बढीको अवधिमा उहाँले गाउने लय, नाच्ने तरिका, धुन, पोशाक र सिंगार-पटार जस्ता विषयमा नयाँ सिर्जनाका साथै तिनीहरुलाई विकसित पनि पार्नुभएको थियो। उहाँको आफ्नो विशेषता ओपेरामा देखियो। सन्1919 मा उहाँको नेतृत्वमा पैचिङ्ग ओपेरा मण्डली जापान गएको थियो। पेचिङ ओपेरा विदेशमा गएको यो पहिलो पटक थियो। सन् 1930 मा उहाँले अमेरिका र सन् 1934 मा यूरोपमा पैचिङ ओपेराको प्रदर्शन गर्नुभएको थियो। यी प्रदर्शन निकै सफल भएकाले विश्वमा पैचिङ्ग ओपेराको स्थान उकासिएको छ।

चीनमा सुधार र खुलापनको नीति लागू भएपछि चीन सरकारले पैचिङ्ग ओपेराको पराम्परागत कलाको विकासका लागि धेरै सहयोग गर्दैआएको छ। पैचिङ्गस्थित छाङ्ग आन थिएटरमा वर्षभरि नै पैचिङ्ग ओपेरा देखाइन्छ। हरेक वर्ष आयोजित पैचिङ्ग ओपेराको अन्तर्राष्ट्रिय अव्यावसायिक प्रतियोगिताले संसारका विभिन्न स्थानमा बसेका पैचिङ्ग ओपेराका हिमायतीहरुलाई आकर्षित गर्नेगरेको छ। पैचिङ ओपेरा चीन र विदेश बीच आदान-प्रदानका विषयहरुमध्ये एक पनि हो।