चिनियाँ प्रतिनिधिद्वारा सबै पक्षलाई मानव जातिको साझा भविष्य भएको समुदायको अवधारणालाई कायम राख्न र अन्तर्राष्ट्रिय हातहतियार नियन्त्रण तथा निःशस्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउन आग्रह
2024-02-28 16:09:22CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयअन्तर्गतको हातहतियार नियन्त्रण विभागका प्रमुख सुन स्यओपोले २६ तारिख जेनेभामा आयोजित निःशस्त्रीकरणसम्बन्धी सम्मेलनको उच्चस्तरीय साप्ताहिक बैठकमा सम्बोधन गर्दै मानव जातिको साझा भविष्यसहितको समुदायको अवधारणालाई कायम राख्न र अन्तर्राष्ट्रिय हातहतियार नियन्त्रण तथा निःशस्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउन सबै पक्षलाई आग्रह गर्नुभएको छ।

उहाँले भन्नुभयो, हाल अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षा स्थितिले नयाँ चुनौती सामना गर्दैछ, सैन्य शक्ति सबैभन्दा मजबुत भएका देशले आफ्नो पूर्ण लाभका लागि फेरि पनि सम्झौता तोडेको छ र आफ्नो सानो समुदाय बनाएको छ जसले रणनीतिक सन्तुलन र स्थिरतालाई गम्भिर रूपमा नासेको छ। मानव जातिको साझा भविष्य भएको समुदायको अवधारणा कायम राख्ने र समान र व्यवस्थित विश्व तथा बहुध्रुवीय र समावेशी आर्थिक विश्वव्यापीकरणको वकालत गरेर मात्र सुरक्षा समस्याहरूको समाधान गर्न सकिन्छ र साझा जीतको स्थिति प्राप्त गर्न सकिने छ।

स्यओपोले गम्भीर अन्तर्राष्ट्रिय सुरक्षा स्थितिको सामना गर्दै निःशस्त्रीकरणसम्बन्धी सम्मेलनले सकारात्मक रूपमा पहल कदमी लिनुपर्छ भन्दै बुँदागत रूपमा सुझावहरू राख्नुभयो। पहिलो, साझा सुरक्षाका लागि बहुपक्षीयतालाई कायम राख्ने, दोस्रो, आणविक निःशस्त्रीकरणको प्रक्रिया अघि बढाउनका लागि आणविक निःशस्त्रीकरणमा सहमति कायम गर्ने, र तेस्रो, विकास र सुरक्षाका लागि "डिकप्लिङ र चेन ब्रेकिङ" को विरोध गर्ने।

“रासायनिक हतियारको पूर्ण निषेध महासन्धि”अनुसार, रासायनिक हतियारको पूर्ण रूपमा निषेध र नष्ट गर्नु उद्देश्य र लक्ष्य हो। चिनियाँ जनताको एक शुद्ध भूमि पुनर्स्थापनाका लागि जापानले अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्नेछ र चाँडै रासायनिक हतियारलाई पूर्ण रूपमा नष्ट गर्न चीनले आग्रह गरेको छ, उहाँले बताउनुभयो।

चीनको राष्ट्रिय रक्षा निर्माण र विकास सधैँ आफ्नै सुरक्षाको वैध आवश्यकताहरू पूरा गर्ने उद्देश्यले गरिएको छ र विश्व शान्ति शक्तिको निर्माण र विकास गरिरहेको छ। चीन निःशस्त्रीकरणसम्बन्धी सम्मेलनको अधिकारलाई कायम राख्न, सहमतिको सिद्धान्तको पालना गर्न र सम्मेलनको ठोस कार्यको शीघ्र प्रारम्भलाई प्रवर्द्धन गर्न सबै पक्षसँग मिलेर काम गर्न तयार छ, सुन स्याओपोले भन्नुभयो।