संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (यूएनईपी) का कार्यकारी निर्देशकद्वारा चीनको हरित विकासको प्रशंसा
2024-02-28 15:31:10CRI
Share with:

केन्याको नैरोबीमा संयुक्त राष्ट्रसंघीय वातावरण सभाको छैटौँ अधिवेशन चलिरहेको छ। सो क्रममा, संयुक्त राष्ट्र वातावरण कार्यक्रमका कार्यकारी निर्देशक इंगर एन्डरसनले चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा विश्वव्यापी वातावरणीय व्यवस्थापनका लागि उक्त अधिवेशनको महत्वबारे चर्चा गर्नुभएको छ। साथै उहाँले हरित वातावरण संरक्षणमा चीनको योगदानको पनि सराहना गर्नुभयो।

कार्यकारी निर्देशक इंगर एन्डरसनले विस्तृत रूपमा यसरी भन्नुभयो, 'चीन सधैँ संयुक्त राष्ट्र वातावरण कार्यक्रम (यूएनईपी) र बहुपक्षीय वातावरणीय सम्झौताहरूको उत्कृष्ट साझेदार रहँदै आएको छ। चीनले जैविक विविधतामा राम्रा उपलब्धि हासिल गर्दै आएको छ। साथै जलवायु क्षेत्रमा चीनले पनि उल्लेखनीय प्रदर्शन गरेको छ। सन् २०६० अघि कार्बन तटस्थता प्राप्त गर्ने प्रतिज्ञा चीनले गरेको छ र हाल उच्चतम नवीकरणीय ऊर्जा उत्पादन र स्थापित क्षमतामा विश्वमा सबैभन्दा ठूलो देश हो।

कार्यकारी निर्देशक एन्डरसनले चीनसँग सम्बन्धित धेरै परियोजनाबाट आफू प्रभावित भएको बताउनुभयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले "स्वच्छ पानी र हरित पहाडहरू अमूल्य सम्पत्ति हुन्" भन्नुभएको छ, जुन कथन धेरै काव्यात्मक र सत्य छ र यो लक्ष्य सबैले सम्बन्धित गर्न सक्ने भन्ने विचार पनि उहाँले राख्नुभयो।

यस वर्षको संयुक्त राष्ट्रसंघीय वातावरण सभाको नारा 'जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र प्रदूषणको सामना गर्दा प्रभावकारी, समावेशी र दिगो बहुपक्षीय कार्य' भन्ने रहेको छ। संयुक्त राष्ट्रसङ्घका १८२ सदस्य राष्ट्रका हजारौँ प्रतिनिधिले यस अधिवेशनमा भाग लिएका छन्।