नयाँ वर्षमा "विदेश जाने १,००० समूहहरू" को व्यवस्था गरिने
2024-02-28 15:32:37CRI
Share with:

चीन व्यापार प्रवर्द्धन संघ (सीसीपीआईटी) ले फेब्रुअरीको नियमित पत्रकार सम्मेलन २८ तारिख आयोजना गरेको छ। सीसीपीआईटीका प्रवक्ता याङ फानले जानकारी दिए अनुसार, सन् २०२४ मा, सीसीपीआईटीले "विदेश जाने १,००० समूहहरू" को व्यवस्थापन कार्यलाई पूरा गर्नेछ र उद्यमीहरूको १,००० भन्दा बढी ब्याचहरूलाई विदेशमा प्रदर्शनीहरू र निरीक्षण तथा वार्ताहरूमा भाग लिन व्यवस्थापन गर्नेछ।

चीन व्यापार प्रवर्द्धन संघका प्रवक्ता याङ फानले अगाडि भन्नुभयो, "विदेश जाने १,००० समूहहरू" कार्यले उद्यमीहरूलाई वैदेशिक बजार विस्तार गर्न र चिनियाँ तथा विदेशी उद्यमीहरूलाई व्यावहारिक रूपमा सहयोग गर्न मद्दत गर्दछ। यस वर्षको सुरुदेखि नै चिनियाँ उद्यमीहरूका धेरै ब्याचहरू विदेश भ्रमणका लागि व्यवस्थापन गरिएको छ। हालसालै, सीसीपीआईटीले सक्रिय रूपमा युरोप, मध्य एशिया, ओशिनियामा पारस्परिक लाभकारी सहयोगका लागि धेरै उद्यम भ्रमण गर्ने तयारी सक्रियताका साथ गरिरहेको छ।