चिनियाँ प्रधानमन्त्री र अमेरिकी चेम्बर अफ कमर्स प्रतिनिधिमण्डल बीच भेट
2024-02-29 10:01:35CRI
Share with:

चिनियाँ प्रधानमन्त्री ली छ्याङले फेब्रुअरी २८ तारिख पैचिङमा अमेरिकी चेम्बर अफ कमर्शका अध्यक्ष तथा प्रथम कार्यकारी अधिकृत सुजन क्लार्कको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भेटघाट गर्नुभएको छ। चीन र अमेरिकाको अर्थतन्त्र अत्यन्त परिपूरक रहेका र हितहरू गहिरो रूपमा एकीकृत भएकाले आर्थिक तथा व्यापारिक सहयोगलाई मजबुत बनाउनु नै दुई देशका लागि 'जीत-जीत' भएको घारणा प्रधानमन्त्री लीले व्यक्त गर्नुभयो।

यस वर्ष चीन र संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वर्षगाँठ हो। चीनले चौतर्फी रूपमा चीनको आधुनिकीकरणलाई अगाडि बढाइरहेको र अमेरिकी कम्पनीहरूलाई चीनमा लगानी लगाएर विकासका अवसरहरू बाँड्न स्वागत गरेको पनि प्रधानमन्त्री लीले व्यक्त गर्नुभयो। दुई देशबीच थप सम्पर्क र पारस्परिक समझदारीलाई बढाउने क्षेत्रमा अमेरिकी चेम्बर अफ कमर्श र उद्यमीहरूले पुलको भूमिका निर्वाह गर्दै जाने आशा पनि उहाँले राख्नुभयो।

सो अवसरमा अमेरिकी चेम्बर अफ कमर्शका अध्यक्ष क्लार्कले अमेरिका र चीनबीचको सम्बन्ध अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। अमेरिकी चेम्बर अफ कमर्श अमेरिका-चीन आर्थिक तथा व्यापारिक सम्बन्ध र पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउन, अमेरिका-चीन सम्बन्धको निरन्तर विकासलाई अघि बढाउन सेतुको भूमिका निर्वाह गर्न इच्छुक रहेको जनाउनुभयो।