चिनियाँ शैलीको आधुनिकीकरणका कट्टर कार्यकर्ता बन्न चिनियाँ राष्ट्राध्यक्ष सीको आह्वान
2024-02-29 11:08:04CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रिय क्याडर छैठौँ ब्याचको अध्ययन तथा प्रशिक्षण सामग्रीको प्रकाशन र वितरणको प्रस्तावना लेख्नुभएको छ। उहाँले चिनियाँ शैलीको आधुनिकीकरण एक शक्तिशाली देशको निर्माण र राष्ट्रलाई पुनर्जीवित गर्ने, मानवजातिलाई आधुनिकीकरणको दिशामा अघि बढाउने र मानव सभ्यताको नयाँ रूप सिर्जना गर्ने नयाँ बाटो खोल्नमा जोड दिनुभयो। 

साथै राष्ट्राध्यक्ष सीले विभिन्न तहका कार्यकर्ताले राम्रोसँग प्रशिक्षण लिएर सोको प्रयोग गर्नुपर्ने पुष्टि गर्नुभयो। चिनियाँ शैलीको आधुनिकीकरणका कट्टर कार्यकर्ता बन्न पनि उहाँले आह्वान गर्नुभएको छ।