आत्मदाहको यो त्रासदीले अमेरिकी राजनीतिज्ञहरूको अन्तस्करणको जाँच गर्छ
2024-03-01 16:09:00cri
Share with:

२५ वर्षीय अमेरिकी सैनिक बुशनेलले आफूलाई आगो लगाएर मारेपछि अमेरिकी "राजनीतिक" वेबसाइटले यो अमेरिकी सरकारभित्रको क्रोधको वृद्धि भएको औंल्याएको छ।

 

सान्दर्भिक रिपोर्टहरूको आधारमा, बुशनेल अमेरिकी वायुसेनाबाट थिए। स्थानीय समय अनुसार फेब्रुअरी २५ तारिख उनी अमेरिकास्थित इजरायली दूतावास अगाडि एक्लै हिँड्दै गर्दा आफ्नो शरीरमा इन्धन खन्याएर आगजनी गरेका थिए। यस अवधिमा उनले कयौं पटक प्यालेस्टाइनलाई स्वतन्त्र गरभन्ने नारा लगाए। गम्भीर चोटपटकका कारण, बुशनेलको दुर्भाग्यवश निधन भयो। "म अब नरसंहारमा भाग लिने छैन" -यी शब्दहरू पहिले रेकर्ड गरिएको भिडियोमा जवान सिपाहीका हुन्। बुशनेलका साथीहरूका अनुसार आत्मदाहको घटनाको अघिल्लो दिन, बुशनेलले "प्यालेस्टाइनीहरू विरुद्धको नरसंहारमा अमेरिकी सेना प्रत्यक्ष रूपमा संलग्न भएको" भन्दै धेरै सैन्य सम्बन्धित आन्तरिक जानकारी साझा गरेका थिए।

 

सामाजिक प्लेटफर्महरूमा धेरै अमेरिकी नेटिजन्सहरूले बुशनेलप्रति सहानुभूति व्यक्त गरेउनलाई "अमेरिकाको विवेक" र अमेरिकी सरकारको इजरायली नीतिप्रति लज्जित भएकोमा आलोचना गरेका छन्। वास्तवमा अमेरिकामा यस्ता चरम घटनाहरू भएको यो पहिलो पटक होइन। सो  वेबसाइटका अनुसार बुशनेलले आफूलाई आगो लगाउनु अघि अमेरिकी सरकारी अधिकारीहरूले पनि अमेरिकाको गाजा नीतिप्रति निराशा व्यक्त गरेका थिए।

 

गत वर्षको अक्टोबरदेखि प्यालेस्टाइन-इजरायली द्वन्द्वको नयाँ चरणमा झण्डै ३० हजार सर्वसाधारणको मृत्यु भएको थियो र करिब २० लाख मानिस विस्थापित भएका थिए। यो रक्तरंजित द्वन्द्वले प्यालेस्टाइन-इजरायली मुद्दालाई मौलिक रूपमा समाधान गर्ने अत्यावश्यकतालाई हाइलाइट गर्दछ। यसले इजरायलको पक्षमा हुने अमेरिकी नीति र "अमेरिकी मानवअधिकार" को पाखण्ड र दोहोरो मापदण्डको नतिजा पनि झल्काउँछ।

 

गहिरो तहमा हेर्दा प्यालेस्टाइनइजरायली समस्या समाधान गर्न ढिलाइ गर्नुको पछाडि अमेरिका दोषी छ।