प्यालेस्टाइन र इजरायलबीच तत्काल युद्धविराम अन्तर्राष्ट्रिय समुदायको आह्वान
2024-03-01 14:47:08CRI
Share with:

फेब्रुअरी २९ तारिख जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयका लागि चीनका स्थायी प्रतिनिधि र स्वीजरल्याण्डका अन्य अन्तर्राष्ट्रिय संस्थाका लागि प्रतिनिधि राजदूत छन सूले मानव अधिकार परिषद्को ५५औँ अधिवेशनमा प्यालेस्टाइन र इजरायलबीचको अवस्थाबारे चीनको स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।

चीनका प्रतिनिधिले गाजा पट्टी अभूतपूर्व मानवीय विपत्तिबाट गुज्रिरहेको र तत्काल युद्धविराम अन्तर्राष्ट्रिय समुदायको ठूलो आह्वान भएको र शान्ति पुनर्स्थापना सबैभन्दा आधारभूत आवश्यकता भएको औंल्याउनुभएको छ। चीनले इजरायललाई गाजामा राहत कार्य सञ्चालन गर्न मानवीय निकायहरूलाई आवश्यक सहजीकरण प्रदान गर्न र अन्तर्राष्ट्रिय अदालतले जारी गरेको अन्तरिम आदेशलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको व्यक्त गर्नुभएको छ।

चीनले प्यालेस्टाइनी जनताको वैधानिक राष्ट्रिय अधिकार पुनर्स्थापना गर्ने न्यायोचित मुद्दालाई सदैव दृढतापूर्वक समर्थन गर्दै आएको छ र प्यालेस्टाइनी जनताको जबर्जस्ती स्थानान्तरण र प्यालेस्टाइनी भू–भागमाथिको कब्जाको दृढतापूर्वक विरोध गरेको छ। “दुई-देश समाधान” अन्तर्राष्ट्रिय समाजको विश्वव्यापी सहमति हो र प्यालेस्टाइन र इजरायलबीचको शान्तिपूर्ण सह-अस्तित्वकालागि यथार्थवादी तरिका पनि हो। यसका लागि सबै देशहरूले निरन्तर प्रयास गर्नुपर्छ।