चीनमा सिकेको कुराले जाम्बियाका युवा स्टारलिनोलाई अगाडि बढ्न ठूलो सहयोग पुग्ने
2024-03-01 09:00:04CRI
Share with:

जाम्बियाबाट आएका युवा स्टारलिनोले चीनलाई धेरै माया गर्छन्। सोही कारण उनी अध्ययन र उद्यम गर्नका लागि सीआन शहर गएका थिए। हाल स्टारलिनोले सीआनस्थित सीपै उद्योग विश्वविद्यालयमा अध्ययन गर्दैछन्। हरेक दिन बिहान उनले विद्यालयको बगैँचामा स्वच्छ हावा फेर्नुका साथै कुङफुको अभ्यास गर्ने गर्दछन्। उनले चीन आएपछि दश वर्षमा आधा चीनको भ्रमण गरेका छन्। छङतु, पैचिङ र शांगहाई उनी गएका छन्। उनको मनमा सीआन शहर सबैभन्दा मन पर्ने शहर हो। उनी भन्छन् “सीआन शहर संस्कृति र इतिहासको अर्थ बोकेको शहर हो। म फुर्सदमा चुङ लौ र ता थाङ बू ये छङ जाने गर्छु। मैले चीनको परम्परागत पोशाक लगाएर “छाङआन शअर शछन” मा चीनको थाङ वंशको जीवनको अनुभव गरेको छु। मलाई सीआनको खाना पनि मन पर्छ।” 


स्टारलिनोकाअनुसार, सीआन प्राचीन रेशमी मार्गको आरम्भिक बिन्दु थियो। सीआन “बेल्ट एण्ड रोड” को साझा निर्माण प्रस्तावको दीर्घकालीन विकासको साक्षी बनेको छ। हाल “बेल्ट एण्ड रोड” को साझ निर्माण प्रस्तावमार्फत स्टारलिनोको वैदेशिक व्यापारले पनि उपलब्धि प्राप्त गरेको छ। उनी भन्छन् “मैले चीनका केही इलेक्ट्रोनिक वस्तु, रोबोट, थ्री डी डिजाइन र उपकरणलाई अफ्रिकी बजारमा विक्री गर्ने र अफ्रिकाको कफी बीन, हीरा, क्रिस्टललाई चीनतर्फ विक्री गर्ने योजना बनाएको छु। चीनमा अध्ययन गरेका विदेशी विद्यार्थीहरूले वैदेशिक व्यापार गर्ने हो भने चीन र हाम्रो मुलुकको स्रोत साधनलाई छिटो रुपमा सम्पर्क गर्नसक्छौँ र छिटो रुपमा बजार खोल्नसक्छौँ। हामीलाई उद्यमको क्रममा चीनका नीतिहरू सुविधाजनक छन्। चीनका धेरै उद्यमसम्बन्धि सेवा हाम्रालागि हितकर छन्।”

जाम्बियाका नागरिकको हैसियतमा स्टारलिनोले सानो उमेरमा चीनको सहायतामा निर्माण भएको तान्जानिया-जाम्बिया रेलमार्गलाई सम्झेका छन्। आधा शताब्दी बितिसक्यो तर उनले चीन-अफ्रिका मित्रतामा समेटिएको तान्जानिया-जाम्बिया रेलमार्गको भावनालाई निरन्तरता दिइएको अनुभव गरेका छन्। उनी भन्छन् “मेरो मनमा सबैभन्दा गहिरो छाप परेको भनेको तान्जानिया-जाम्बिया रेलमार्ग हो। त्यस समयमा चीन पनि त्यति धनी थिएन तर चीनले  तान्जानिया-जाम्बिया रेलमार्गको निर्माण गर्न सहायता गरेको थियो। हाल यो रेलमार्ग पुरानो भइसक्यो तर यसको अर्थ सधैँ नै महत्वपूर्ण छ। मैले तान्जानिया-जाम्बिया रेलमार्गले फेरि नयाँ जीवन पाउने अपेक्षा लिएको छु, तान्जानिया-जाम्बिया रेलमार्ग गति चीनको द्रुत गतिको रेलजस्तै हुनसक्ने आशा लिएको छु।” 

चीनमा बसोबास गरेको दश वर्षमा स्टारलिनोले चीन र अफ्रिकाको पटक पटकको गहिरो आदान-प्रदान, सहयोगात्मक दस्तावेजमा भएका हस्ताक्षरहरूको साक्षी बन्नुका साथै नयाँ युगमा चीन र अफ्रिकाको सहयोग र साझा विजयीले प्राप्त गरेका प्रशस्त उपलब्धिहरूको साक्षी भएका छन्। उनी भन्छन् “चीन बसाइको दश वर्षमा मैले अझै फराकिलो आकाश, अझै फराकिलो चौतारो देखेँ, साथै “काँधमा बोकेको दायित्व र प्रारम्भिक आशा बिर्सनुहुँदैन” भन्ने कुरा सिकेको छु। हाल मैले प्रशस्त उपलब्धि हासिल गरेको छु। भविष्यमा म सधैँ नै चीनमा बसे पनि वा जाम्बिया फर्केको अवस्थामा पनि चीनमा सिकेको कुराले मलाई अगाडि बढ्न सहयोग गर्ने छ।”