चीनमा नयाँ ऊर्जाको उच्च गुणस्तरीय विकासलाई जोडतोडका साथ अगाडि बढाउन जोड
2024-03-01 15:14:54CRI
Share with:

फेब्रुअरी २९ तारिख अपरान्ह चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्युरोले नयाँ ऊर्जा प्रविधि र चीनको ऊर्जा सुरक्षा सम्बन्धि बाह्रौँ सामूहिक अध्ययन गरेको छ। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले ऊर्जा सुरक्षा समग्र आर्थिक र सामाजिक विकाससँग सम्बन्धित रहेको औँल्याउनुभयो। सफा ऊर्जाको सक्रिय विकास र हरित कम कार्बन आर्थिक तथा सामाजिक रूपान्तरणलाई अघि बढाउनु नै विश्वव्यापी जलवायु परिवर्तनको सामना गर्दा अन्तर्राष्ट्रिय समुदायको सामान्य सहमति बनेको पनि उहाँले उल्लेख गर्नुभयो। उहाँले अगाडि भन्नुभयो, हामीले यस प्रवृत्तिसँग चीनमा नयाँ ऊर्जाको उच्च गुणस्तरीय विकासलाई बढाएर चीनको आधुनिकीकरणका लागि सुरक्षित र भरपर्दो ऊर्जा प्रत्याभूति गरिनुका साथै स्वच्छ र सुन्दर विश्वको निर्माणमा ठूलो योगदान दिन प्रयास गर्नुपर्छ।

चिनियाँ एकेडेमी अफ इन्जिनियरिङका प्राज्ञ प्राध्यापक लिउ चिचेनले यस विषयमा व्याख्या गर्दै कार्य सुझाव प्रस्तुत गर्नुभयो। सीपीसी केन्द्रीय समितिको राजनैतिक ब्युरोका सदस्यहरूले ध्यान दिएर सुनेर छलफल पनि गर्नुभएको छ।

त्यसपछि सी चिनफिङले माथि उल्लेखित महत्वपूर्ण सम्बोधन गर्नुभएको हो।