हङ्गेरीका नयाँ राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्षको बधाई सन्देश
2024-03-01 18:19:52cri
Share with:

  फेब्रुअरी २९ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले शुयुक डोमाशला हङ्गेरीको राष्ट्रपतिमा नियुक्त हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

 

सीका अनुसार हाल केही वर्षयता चीन र हङ्गेरीबीचको सम्बन्ध उच्च स्तरमा विकसित भैरहेको छ। यी दुबै मुलुकका उच्च तहहरुबीच बारम्बार आदानप्रदान भएको छ भने विभिन्न क्षेत्रमा प्रचुर सहयोगात्मक उपलब्धि पाइएको देखिन्छ। 

 

यस वर्ष चीन र हङ्गेरीबीच दत्य सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सव हो। राष्ट्रपति शुयुक डोमाशसँग यी दुबै मुलुकका जनताबीचको परम्परागत मित्रतालाई निरन्तरता दिँदै दुबै मुलुकबीच राजनीतिक विश्वास र विभिन्न क्षेत्रको सहयोगलाई गहन बनाउँदै जाने आशा राष्ट्राध्यक्ष सी चिनफिङले व्यक्त गर्नुभएको छ।