पर्यटकीय नगरी चितवनमा ‘घुमौं भरतपुर’भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४
2024-03-01 16:19:18cri
Share with:

चितवनको भरतपुर महानगरपालिकाले घुमौं भरतपुर भन्ने नाराका साथ शुक्रबारदेखि भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन गरिँदैछ। नारायणी नदी किनारमा भरतपुर भ्रमण वर्षको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी हुने कार्यक्रम रहेको अनलाइनखबरले लेखेको छ।

 

भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन सबै जसो पूर्वप्रधानमन्त्रीहरु चितवन आउन लागेको विषयले यतिबेला सबैको ध्यान तानेको छ ।

 

सत्ता गठवन्धनमा आवद्ध नेता र पूर्वप्रधानमन्त्री आउनुलाई स्वाभाविक रुपमा हेरिए पनि प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत कार्यक्रममा सहभागी हुने विषयलाई महत्वका साथ हेरिएको छ। एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल सोही पार्टीका सम्मानित नेता एवम झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुने कार्यक्रम छ।

 

उद्घाटन समारोहमा ५० हजार सहभागी गराउने महानगरपालिकाको दाबी छ ।

उद्घाटन समारोह पछि फेरि सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।