बेइजिङस्थित नेपाली दूतावासमा पर्यटन प्रवर्द्धनका सम्भावना विषयक एक कार्यक्रमको आयोजना
2024-03-01 11:20:03CRI
Share with:

बेइजिङस्थित चीनकालागि नेपाली दूतावासले चिनियाँ पर्यटकलाई भित्र्याउने तथा पर्यटन उद्योगको प्रवर्द्धन तथा लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यसहित नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनका सम्भावना विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। 

पर्यटन क्षेत्रमा कार्यरत करिब ५० जना नेपाली र चिनियाँ प्रतिनिधिबीच विचार तथा अनुभव आदानप्रदान र थप सहकार्यका उपायको खोजी गर्ने उद्देश्यले नेपाल र चीनका ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूबीच एक अन्तक्रिया आयोजना गरेको हो।