शाहबाज शरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा बधाई ज्ञापन
2024-03-03 18:17:54cri
Share with:

मार्च ३ तारिख चिनियाँ राष्ट्रराध्यक्ष सी चिनफिङले पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा शाहबाज शरिफलाई बधा ज्ञापन गर्नुभएको छ।

 

बधा सन्देशमा राष्ट्राध्यक्ष सीले प्रधानमन्त्री शाहबाज र नयाँ पाकिस्तानी सरकारको नेतृत्वमा सबै क्षेत्रको एकताबद्ध प्रयासबाट पाकिस्तानले नयाँ र ठूला उपलब्धि हासिल गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।

 

यसैगरी चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि पाकिस्तानी प्रधानमन्त्री शाहबाजलाई बधाई सन्देश पठाउनुभयो।