चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको चौधौँ राष्ट्रिय समितिको दोस्रो सत्र ४ तारिख दिउँसो
2024-03-03 16:06:26cri
Share with:

चिनियाँ राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको पत्रकार सम्मेलन मार्च ३ तारिख दिउँसो सम्पन्न भएको छ। सम्मेलनका प्रवक्ता लिउ चेइले सम्मेलनको सान्दर्भिक अवस्था चिनियाँ तथा विदेशी सञ्चारलाई जानकारी गराउनुका साथै पत्रकारका प्रश्नको जवाफ दिनुभयो।

 

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन मार्च ४ तारिख दिउँसो ३ बजे ग्रेट हल अफ द पिपुलमा सुरु भई मार्च १० तारिख बिहान समापन हुनेछ। अधिवेशन ६ दिनसम्म चल्ने लिउ चेईले जानकारी दिनुभयो।

 

सम्मेलनको मुख्य एजेन्डा: चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको स्थायी समितिको कार्य प्रतिवेदन र प्रस्ताव कार्य प्रतिवेदन सुन्ने र समीक्षा गर्ने छ। चौधौँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनमा भाग लिनेसरकारी कार्य प्रतिवेदन र अन्य सम्बन्धित प्रतिवेदनहरूमाथि छलफल गर्ने छ। चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको राजनीतिक प्रस्ताव, स्थायी समितिको कार्य प्रतिवेदनमाथिको प्रस्ताव, चौधौँ राष्ट्रिय समितिको पहिलो अधिवेशनदेखि हालसम्मको प्रस्तावमाथिको कामको प्रतिवेदन, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४औँ राष्ट्रिय समितिको दोस्रो सत्रमा प्रस्तावहरूको समीक्षा र पारित गर्नेछ। सम्मेलनले वर्तमान जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति गत वर्षको कामको सारांश र यस वर्षको कामको व्यवस्था गर्नेछ।