राष्ट्रिय जन कांग्रेस अधिवेशनको पत्रकार सम्मेलन
2024-03-04 15:11:43CRI
Share with:

१४ औँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनले मार्च ४ तारिख जन बृहत् सभा भवनमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। अधिवेशनका प्रवक्ता लौ छिन च्येनले अधिवेशनको कार्यसूची र जन कांग्रेस कार्यका सम्बद्ध विषयहरूबारे देशीविदेशी पत्रकारहरूको प्रश्नको जवाफ दिनुभएको छ।

 

अमेरिकाले आफ्नो वचन-बद्धताको अक्षरश: पालना गर्दै चीनसँग मिलेर चीन-अमेरिका सम्बन्धका “५ वटा संयुक्त महत्वपूर्ण स्तम्भ”लाई सुदृढ पार्नुका साथै दुवै देशका राष्ट्रनायक बीच सान्फ्रान्सिस्को भेटघाटमा सम्पन्न मतैक्य र अभिलाषालाई व्यवहारमा उतार्नसक्ने आशा प्रवक्ता लौले व्यक्त गर्नुभएको छ।

 

प्रवक्ता लौका अनुसार, चालु वर्ष चीन र अमेरिका बीचको दौत्य सम्बन्ध कायम भएको ४५ औँ वार्षिकोत्सव भएकाले दुवै देशका विधायक संस्था बीच अझ बढी आवत-जावत, अझ बढी संवार्ता र अझ बढी आदान-प्रदान हुने आवश्यकता रहेको छ। दुवै पक्षले आपसी समझदारीलाई प्रबर्द्धन गर्दै चीन-अमेरिका सम्बन्धको स्थिर विकासका लागि रचनात्मक भूमिका निर्वाह गर्दैजाने आशा पनि प्रवक्ता लौले प्रकट गर्नुभएको छ।