चीनद्वारा अमेरिकालगायतको विभिन्न मुलुकको उद्योग तथा वाणिज्य क्षेत्रसँगको सहकार्यमा जोड
2024-03-04 19:15:36CRI
Share with:

मार्च ४ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। 

सो पत्रकार सम्मेलनमा, हाल अमेरिकी च्याम्बर अफ कमर्सका निदर्शेक एवम् प्रथम कार्यकारी अधिकृत सुजान्ना क्लाकको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले चीनको भ्रमण गरेको र उहाँले चीन अमेरिकी उद्योग-व्यवसायहरूले महत्व दिने बजार रहेको भन्दै अमेरिकी च्याम्बर अफ कमर्सले अमेरिकी उद्योग-व्यवसायलाई चीनमा लगानी लगाउन निरन्तर रुपमा समर्थन दिने बारेमा जिज्ञासा राखेका छन्। चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक सम्बन्ध र पारस्परिक हितको सहयोगलाई निरन्तर रुपमा सबल पार्ने कुराका बारेमा पनि पत्रकारले चीनको धारणा माग गरेका छन्। 

प्रत्युत्तरमा प्रवक्ता माउ निङले चीनले उच्च स्तरको बाह्य खुलापनलाई कायम राखेको, अन्तर्राष्ट्रिय स्तरीय व्यापारिक वातावरण निरन्तर रुपमा खडा गर्ने र विभिन्न मुलुकको उद्योग-व्यवसायले चीनमा लगानी लगाउनका लागि सुविधा उपलब्ध गराउने बताउनुभयो। उहाँले अमेरिका लगायतका विभिन्न मुलुकको उद्योग तथा वाणिज्य क्षेत्रलाई चीनसितको सहयोगलाई निरन्तर रुपमा बढाउने र चीनको विकासको मौकाको उपभोग गर्न स्वागत गरेको कुरा पनि बताउनुभयो।