“खुसीयाली वसन्त चाड-चिनियाँ संस्कृति केन्द्रमा वसन्त चाड मनाऔँ” कार्यक्रम जर्मनीको बर्लिनमा आयोजित-१
2024-03-04 10:54:01cri
Share with:

 

फेब्रअरी २४ तारिख चिनियाँ रसबरी पर्व हो। सो दिन, बर्लिन चिनियाँ संस्कृति केन्द्रमा धेरै रातो लालटिनहरु झुण्ड्याइएर जताततै वसन्त चाडको खुसीयाली तथा मंगलमय वातावरणको आभाष दिलाइएको थियो। जर्मनीका लागि चिनियाँ राजदूताबासकी मिनिस्टर कन्स्युलर चङ यिङ रुले कार्यक्रममा सहभागी भएका विभिन्न क्षेत्रका पाहुनाहरुलाई वसन्त चाडको अभिवादन तथा शुभकामना व्यक्त गर्नुभयो,

आज हामी बर्लिनमा रहेको चिनियाँ संस्कृति केन्द्रमा भेला भएका छौँ। हामीले चिनियाँ परम्परागत पोशाक लगाएर चीनको परम्परागत हस्तलिपि लेख्दै चिनियाँ रसबरी पकाउँदै छौँ। नयाँ वर्षमा चिनियाँ तथा जर्मन साथीहरुले खुलापन, विकास तथा सहयोग सम्बन्धी सहमति गर्ने, चीन-जर्मनी सम्बन्धको स्थिर विकासलाई सक्रियताका साथ अघि बढाउने र दुई मुलुकका जनताका हित-कल्याण तथा मित्रता निरन्तर रुपमा अघि बढ्ने आशा मैले गरेकी छु।

 

कलात्मक अभिनयअघि दर्शकहरुले चाइना मिडिया ग्रुपको चिनियाँ रसबरी पर्वको साङ्गीतिक गालाको प्रवर्द्धनात्मक भिडियो हेरी चिनियाँ रसबरी पर्वको रमाइलो वातावरण, मनाउने तरिका तथा प्रचलनबारे प्रत्यक्ष जानकारी लिएका थिए। जर्मनीको एउटा विश्वविद्यालयकी विद्यार्थी ये यु याले चीनको च च्याङ विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो। उहाँले यसरी भन्नुभयो,

चाइना मिडिया ग्रुपको चिनियाँ रसबरी पर्वको साङ्गीतिक गालाको प्रवर्द्धनात्मक भिडियो मलाई निकै राम्रो लाग्यो। यी कार्यक्रमहरुमध्ये मलाई परम्परागत नृत्य तथा रमाइलो वातावरण मन पर्छ। चीनका सबै कुराप्रति मेरो चासो छ। मलाई चीनको सबै कुरा मनपर्छ र मैले चिनियाँ भाषा पनि सिकेकी छु। अर्कोपटकको चीनको यात्राको अपेक्षा पनि गरेकी छु। खासमा, यस वर्ष मेरो चीन जाने सम्भावना छ। सबैलाई चिनियाँ रसबरी पर्व तथा ड्रागन वर्षको शुभकामना दिन्छु।

 

चिनियाँ संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा चिनियाँहरुको कलात्मक समूह र चिनियाँ तथा जर्मन कला प्रेमीहरुले प्रदर्शन गरेका जातिय नृत्य, चिनियाँ परम्परागत पोशाक, जातिय सङ्गीत तथा पैचिङ ओपेरा लगायत कार्यक्रमलाई दर्शकहरुले निकै मन पराए। ११ वर्षीय तु यु मङले “तुन ह्वाङ सम्बन्धी सपना” कार्यक्रममा प्रदर्शन गरिन्। उनले भनिन्,

आजको चिनियाँ रसबरी पर्वको कलात्मक अभिनयमा सहभागी हुन पाएकीमा मलाई धेरै खुसी लाग्यो। मलाई चिनियाँ संस्कृति धेरै मन पर्छ। हामीले यहाँ अभिनय गरिरहेका छौँ साथै चिनियाँ दर्शकहरुले चाइना मिडिया ग्रुपको साङ्गीतिक गाला हेरिरहेको पनि मलाई थाहा छ, साङ्गीतिक गालामा पनि धेरै नृत्य कार्यक्रमहरु छन्। चिनियाँ रसबरी खान मलाई धेरै मन पर्छ। तपाईँहरुलाई चिनियाँ रसबरी पर्वको शुभकामना दिन्छु।